Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले गलत निर्णय गरेमा देशव्यापी आन्दोलनमा जान्छौँ: पूर्णबहादुर खड्का


    शुक्रबार, माघ २ २०८२
    515
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिता आफूहरूले नपाएमा देशव्यापी आन्दोलनमा जाने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।

    शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसको आधिकारिताबाट अन्यथा निर्णय नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। ‘निर्वाचन आयोगले तलमाथि भएर, षडयन्त्रमा परेर अन्याथ निर्णय ग¥यो भने आन्दोलन गर्नु बाहेक विकल्प हुनेछैन,’ खड्काले भने।

     

    आफूहरूको निर्वाचन आयोगमा विश्वास रहेको उनको भनाइ थियो। तर, बाहिर भइरहेका चर्चाले आशंका उब्जिएको बताउँदै खड्काले आन्दोलन गर्ने चेतावनी दिएका हुन्। ‘आन्दोलनमा जान हामी बाध्य नपरारियोस्,’ उनले भने।

    सञ्चारमाध्यम र बाहिर भइरहेको चर्चाले आयोगप्रति शंका उब्जाएको उनको भनाइ थियो। ‘गलत तरिकाले निर्णय नगरियोस्,’ कार्यवाहक सभापति खड्काले भने।

    आफूहरू जिम्मेवारीपूर्वक निर्वाचनको तयारीमा लागिरहेको बताए। तर, गतल निर्णय भएमा निर्वाचन छोडेर आन्दोलनमा उत्रिने उनको चेतावनी थियो।

    ‘हामी जिम्मेवार छौँ। निर्वाचनलाई प्रथम महत्त्व दिएर सबै पार्टीसँग संवाद अघि बढाइरहेका छौँ,’ कार्यवाहक सभापति खड्काले भने, ‘कुनै पनि षडयन्त्र, गलत निर्णय भएमा त्यसका विरुद्ध आन्दोलनका लागि तत्मतयार भएर रहनका लागि देशभरका साथीहरूलाई अनुरोध र आह्वान गर्न चाहन्छु।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार