Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि र छविको मुद्दा आज सुनुवाइका लागि पेसी तोकियो 


    शुक्रबार, माघ २ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । सहकारी ठगी अभियोगमा हाल थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

    गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो । मिसिल आएपछि आज सुनुवाइका लागि पेसी तोकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवँरले बताए ।

    यसअघि जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले यसअघि नै लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार