Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग


    शुक्रबार, माघ २ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएपछि शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।

    नेताहरू विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग कार्यालय पुगिसकेका छन् । गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा आधिकारिकता विवाद छ ।

    देउवा पक्षले आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्यले आयोगमा आफ्ना नेता कार्यकर्ता पठाएको बुझिएको छ । यसले आयोग तत्काल एउटा निर्णयमा पुग्नुपर्ने दबाबमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार