Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘जीतहार कसैको छैन, घर फर्कौँ’: डा. शेखर कोइराला


    बिहिबार, माघ १ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको बताएका छन् ।

    उनले आज एक वक्तव्य जारी गदै सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार गरेका छन् ।

    उनले भनेका छन्, ‘दृश्यमा देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षड्यन्त्रको अनेकन राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र काँग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’ यतिखेर काँग्रेस एक ढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्‌न आग्रह गरेका छन्।

    उनले भनेका छन्, ‘पार्टी भित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन् । म आह्वान गर्छु हामी सबै घर फर्कौँ, काँग्रेसमा फर्कौँ । यहाँ जीतहार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार