Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै


    बिहिबार, माघ १ २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ ।

    कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक विहीबार ललितपुरको कुपन्डोलमा बस्ने भएको हो ।

    बैठक बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ ।

    नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरू निर्वाचन आयोग जाने उनले बताए ।

    नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार