Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी


    बुधबार, पुष ३० २०८२
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा थापाको मात्रै उम्मेदवारी दर्ता भएको हो । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ ।

    बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल नभएपछि उनले उम्मेदवारी दिएको निर्वाचन समिति स्रोतले जानकारी दियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार