Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्णायक वार्ताका लागि देउवा निवास पुगे गगन-विश्व


    बुधबार, पुष ३० २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवा निवास महाराजगञ्ज पुगेका छन् ।

    पार्टीभित्रको विवाद समाधान गर्न देउवाले बोलाएपछि उनीहरु केहि बेरअघि देउवा निवास पुगेका हुन् ।

    व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

    भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा पार्टी देउवाले अन्तिम निर्णय निकाल्नका लागि संस्थापन र इतर पक्षलाई बोलाएका थिए । संस्थापन र इतर पक्षका नेताहरु पुगेपछि बैठक अहिले बसिरहेको छ ।

    मंगलबार दिनभर र राति अबेरसम्म विभिन्न चरणमा भएका वार्ताहरु नेतृत्व परिवर्तनको विषयमा सहमति नहुँदा निष्कर्षविहीन भएका थिए । आजको यो वार्तामा पनि कुरा नमिलेमा संस्थापन र इतर दुवै समूह आआफ्नो बाटो लाग्ने नेताहरू बताउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार