Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसको विवाद मिलाउन दोस्रो चरणको वार्ता सुरु


    मंगलबार, पुष २९ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको विवाद मिलाउने प्रयासस्वरुप दुई पक्षीय वार्ता सुरु भएको छ । विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

    यसअघि आजै बिहान पनि वार्ता भएको थियो । तर, सो बैठकमा आ-आफ्नो कुरा राख्नेबाहेक ठोस प्रगति हुन सकेको थिएन । दोस्रो चरणको छलफलमा सहमति जुटाउन प्रयास हुने नेताहरूको भनाइ छ ।

    काँग्रेसको देउवा समूहको असहयोगका बिच आइतबारदेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वान विशेष महाधिवेशन भइरहेको छ । उक्त महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्न लागेपछि पार्टी विभाजनबाट जोगाउने प्रयासस्वरुप वार्ता भइरहेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार