काठमाडौं, १७ बैशाख । नेकपाभित्रको विवादको बाछिटा भातृसंगठनसम्म पुगेको छ । अनेरास्ववियुका संयोजक ऐन महरले संगठनमा जानकारी नै नदिई लकडाउनको उल्लंघन गरी सयौंको संख्यामा भेला गरी राहत बाँड्नेदेखि अध्यादेशको समर्थनदेखि सांसदको अपहरणसम्मका घटनामा सरकारको समर्थनमा जुलुस निकाल्ने जस्ता कुरामा आपत्ति जनाएका छन् । र, त्यस्ता कार्यमा अनेरास्ववियूको संलग्नता हुन नसक्ने प्रष्ट पारेका छन् ।
उनले सामाजिक संजालमा मंगलबार लेखेका छन्–‘अनेरास्वबियू सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र रचनात्मक आलोचना गर्दछ । परिबर्तन र अग्रगमनमा बिश्वास गर्छ, जनताको पक्षमा बोल्छ । यो सत्ताको महिमागान गाउने,जनताको आवाजका बिरुद्ध उभिने,उपलब्ध राजनीतिक अधिकारको बिपक्षमा उभिने मण्डले बिद्यार्थी होइन, यो कसैको निहित स्वार्थका लागि उभिने लठैत संगठन पनि होइन । अतः संगठनलाई बिधिसम्मत चलाउन, एकताको भावनालाई सम्मान गर्न म सबैमा आग्रह गर्दछु ।’
तामाङले लेखेका छन्–पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिदै अनेरास्ववियूको एकता प्रक्रिया पनि पूरा गर्ने प्रक्रियामा छ । अन्तरसंघर्ष, बहस र बिधिसम्मत निर्णयले कम्युनिष्ट पार्टीलाई जिवन्त राख्दछ,भन्ने माक्र्सबादी भनाइलाई आत्मसात गर्दै स्वस्थ बहस, बिधिसम्मत छलफल र पद्दतिगत संगठन परिचालनमा जोड दिनु जरुरी छ ।
सहसंयोजक तामाङले अगाडि लेखेका छन्–‘संगठनमा भएको पछिल्लो गतिबिधि र हुर्कदो शैली राजनीतिक तथा सामूहिक ढंगले भैरहेको छैन । ब्यक्तिगत आकांक्षा, मनमौजी परिचालन र स्वेच्छाचारिता बिलकुल ठिक भैरहेको छैन । नामका लागि गरिने देखावटी काम, सस्तो प्रचारले संगठनलाई एकढिक्का बनाएको छैन । एकताको पक्षमा संगठनलाई उभ्याउने भन्दा पनि एकताबिरुद्ध भड्काउने, भड्काउन प्रेरित,परिचालन र परिचालित हुने कुरा नसुधार्ने हो भने अरुले मात्र मान्नुपर्ने स्थिति छैन ।’
पार्टी नेतृत्वका बिरुद्ध तथानाम बोल्न लगाउने तर सरकारको महिमागान गर्न मरिहत्ने गर्ने कुरा हामीलाई मान्य छैन । स्वेच्छिक रुपमा गरिएका कतिपय काममा संगठनको नाम जोड्ने र संगठनको धारणा भन्ने कुरा बिलकुल अमान्य छ । यसबारे गम्भिरतापुर्वक नसच्चिने, कार्यशैली नसुधार्ने हो भने संगठनमा पैदा हुने सबै अस्तब्यस्तताको जिम्मेवार पहिलो जिम्मेवारी लिने नै हुनुपर्दछ भनेका छन् । तामाङले संयोजक ऐन महरलाई नै जिम्मेवार हुनुपर्ने भनेका हुन् ।
उनको भनाइ छ–फुटलाई प्रसय दिने खालका गतिबिधि बन्द गरिनु पर्दछ । संगठन बिधि र पद्दतिगत रुपमा परिचालन गरिनु पर्दछ । राज्यको चौथो अंग मिडियाहरुले सत्यतथ्य समाचार सम्प्रेषण गर्नु जरुरी छ तर अमुक मिडियालाई सामाजिक बहिष्कार गर्ने कुरा संगठनको आधिकारिक निर्णय होईन,ब्यक्तिगत मामला हुनसक्ला तर अनेरास्वबियू कुनै अमुक मिडियाको बिरोध वा समर्थमा नरहेको स्पष्ट पार्न चाहन्छु, तामाङले लेखेका छन् ।
जहाँसम्म मेरो नाम जोडेर उजुरी दिन गएको भन्ने छ, मलाई जानकारी नभएको, म नगएको र जुन घटनाका बारे गएको भनिएको छ,उक्त घटनाको छानबीन हुनुपर्छ । बिधिको सासन र कानुनी राज्यको अनुभूति हुनुपर्छ किनभने यो संघीय गणतन्त्र नेपाल हो जहा वाक स्वतन्त्रता र बिधिको शासन संबैधानिक अधिकार रहेको छ ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend