Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा


    बिहिबार, फाल्गुन २० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह निर्वाचन आयोगमा जाँदैछ । आयोगमा जानका लागि दाहाल–नेपाल समूहका नेताहरु पेरिसडाँडामा जम्मा भएका छन् । नेकपा विवादमा आयोगले निर्णय दिन ढिलाइ गर्दा देश संवैधानिक संकटतर्फ उन्मुख भएको छ ।

    प्रधानमन्त्री केपी ओलीले आफूलाई कसले हटाउन सक्छ भन्दै चुनौती दिने गरेका छन् । यस्तो अवस्थामा आयोगले निकास दिनुपर्ने मागसहित दाहाल–नेपाल समूह आयोग जान लागेको हो । दाहाल–नेपाल समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । केन्द्रीय सदस्यहरुको हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्रसहित सो समूहका नेताहरु आयोग जाँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार