Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • विशेष महाधिवेशन चलिरहँदा देउवाले आफूनिकटलाई निवासमा बोलाए


    आइतबार, पुष २७ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् ।

    काठमाडौँको भृकुटीमण्डप विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिए ।

    ‘सभापतिले निकटका केही नेतालाई निवासमा बोलाउनु भएको छ,’ती नेताले भने, ‘पार्टीको पछिल्लो गतिविधिबारे छलफल गर्ने भनेर खबर आएको छ ।’

    कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक भने केही समयअघि नै देउवा निवास पुगेका थिए । देउवा र दुई नेताबीच छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि बोलाइएकोह हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार