Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभापति देउवाले नै विशेष महाधिवेशन संचालन गर्नुपर्छ : सुबोधराज प्याकुरेल


    शनिबार, पुष २६ २०८२
    570
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मानवअधिकारवादी नेता सुबोधराज प्याकुुरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रस्तावित विशेष महाधिवेशन संचालन गरेर इतिहास रच्ने अवसर नगुमाउन आग्रह गरेका छन् । उनले देउवालाई यो सुवर्ण अवसर भएकाले आफ्नै अगुवाइमा विशेष महाधिवेशनको सञ्चालन गरेर इतिहास रच्ने अवसर नगुमाउन आग्रह गरेका छन् ।

    प्याकुरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘नवयुवाको बिरोध किन राष्ट्रब्यापी बन्यो ? किन सिंगो मुलुकको आक्रोशको ज्वालामा बितण्डाको घिउ थप्न राष्ट्रघातीहरु सफल भए? भदौ २३ को बिरोध किन २४ मा ध्वंसात्मक बन्यो? के त्यसका कारण र कार्य २३ र २४ मा मात्र सीमित थियो ?

    थिएन, किमार्थ थिएन।एकदशक अघि पलाएको आशामा तुषारापात भएपछि, आम नागरिकले दैनिकीमा हेपाइती भोग्नुपरेपछि र नेतृत्वले बिल्कुल बेवास्ता गर्ने कुसंस्कार दिनपरदिन जब्बर बन्दै गएपछि सबैखाले अर्थात सीमाना भित्र अनि बाहिरका समेतले विध्वंस मच्चाउने अवसर पाए । ज्यानको बाजी राखेर लोकतन्त्रको लागि लडेका भनिएका प्रधानमन्त्री भागे, सभामुख लुके, सांसदहरुको भागाभाग भयो । प्रतिरक्षा गर्ने दलहरु हराए ।

    अब बिगतको समिक्षा गर्नुपर्छ कि पर्दैन ? नीति र व्यवहारमा रुपान्तरण गर्नुपर्छ कि पर्दैन ? नेतृत्वको सम्परीक्षण हुनुपर्छ कि पर्दैन ? यति गरिदिए काँग्रेस बौरिन सक्छ । सोलोडोलो नायकत्वमा स्थापित हुनसक्छ ।

    अहिले प्रस्तावित विशेष अधिवेशन यो सन्दर्भमा सुवर्ण अवसर हो। सभापति देउवाले आफ्नै अगुवाइमा विशेष महाधिवेशनको सञ्चालन गरेर इतिहास रच्ने अवसर गुमाउनु होला? सायद नगुमाउनु होला।आफ्नो इतिहास, पार्टीको इतिहास र लोकतन्त्रको गौरवलाई नबुझेको त नहुनु पर्ने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार