काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई हत्या गर्ने धम्की दिंदैआएका प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत् जारी भएको डिफ्युजन नोटिसका आधारमा फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले उनलाई बुलाकान प्रान्तको मालोलोस सहर (पासेओ दे कांग्रेसो, बाराङ्गे क्याटमोन) बाट पक्राउ गरेको हो । पाठकले प्रमुख आयुक्त राईलाई सामाजिक संजालमा भिडियो सन्देशमार्फत् ज्यानको धम्की दिंदैआएका थिए ।
पाठक ३३ वर्षीय नेपाली नागरिक हुन । फिलिपिन्सको अध्यागमन विभागले उनको फोटोसहितको विवरण सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला अदालतले २०२५ डिसेम्बर १ ९मङ्सिर १५० मा आपराधिक विश्वासघात को कसुरमा पक्राउ पूर्जी जारी गरेको थियो । यसका अतिरिक्त, इन्टरपोलले २०२५ डिसेम्बर १२ मा प्रकाश पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको आरोपमा डिफ्युजन नोटिस जारी गरेको थियो ।
फिलिपिन्सको अध्यागमन विभागका अनुसार, पाठकले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने र हतियार पहुँचको संकेत दिने अभिव्यक्ति दिएका थिए । साथै, उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रमा पनि जोडिएका छन । उनले आफूलाई ‘एक्ट्रीमिस्ट ग्रुप अफ नेपाल’ (उग्रवादी समूह) को प्रमुख बताउँदै प्रेमकुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूलाई हत्या गर्ने धम्की दिएका थिए ।
बीआईका अनुसार, पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए र उनको बसोबास अनुमति २०२५ डिसेम्बर १८ सम्म थियो । पक्राउपछि उनलाई डिपोर्टेसन ९देश निकाला० प्रक्रिया पूरा नभएसम्म अध्यागमन हिरासतमा राखिएको छ । फिलिपिन्सका अधिकारीहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको निर्देशनअनुसार यो कारबाही भएको बताएका छन् ।
उनीहरूले फिलिपिन्सलाई फरार अपराधीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिने नीति अङ्गीकार गरेको जोड दिएका छन् । यसअघि नेपाल प्रहरीले धम्की प्रकरणमा पाठकका तीन जना सहयोगीहरूलाई काठमाडौंमा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend