Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थर्मोगनमा कालोबजारी गर्ने अग्रवालको मुद्दा अदालतमा, छुटाउने राज्यमन्त्रीको प्रयास असफल


    मंगलबार, बैशाख १६ २०७७
    660
    Shares
  • ४ मिनेट पाठ
  •  

    काठमाडौं, १६ बैशाख ।

    ज्वरो नाप्न प्रयोग हुने थर्मोगनको कालोबजारीमा संलग्न शंकर ग्रुपका संचालक सुलभ अग्रवालको जिल्ला प्रशासन कार्यालयबाट कालोबजारी ऐन अनुसार केही लाख धरौटीमा छुट्ने योजना तुहिएको छ । उनले अवैतनिक बाणिज्यदूतको सुविधाको गाडीमा कालोबजारी गरेकाले जिल्ला प्रशासन कार्यालयले उनलाई कालोबजारीमा मुद्दा चलाउन अस्वीकार गरेको छ । र, अब जिल्ला अदालत काठमाडौंमा उनीबिरुद्ध मुद्दा दायर गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले आज प्रक्रिया अगाडि बढाएको छ । 

    परिसरका प्रवक्ता होविन्द्र बोगटीले बुधबार जिल्ला अदालत काठमाडौंमा अग्रवालबिरुद्ध मुद्दा दायर हुने बताएका छन् । उनले भने, कालोबजारीमा मात्र होइन, सार्वजनिक पदधारण गरेको र उक्त पदको सुविधा उपयोग गरेको अवस्थामा अपराध भएकाले पनि उनलाई जिल्ला अदालतमै मुद्दा दायर गरिएको बोगटीले जानकारी दिएका छन् । उनलाई १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ । 

    जगदम्बा ग्रुप, युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष लगायतका उद्योग प्रतिष्ठानका संचालक सुलभ अग्रवाल विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको मुद्धामा बुधवार अदालतमा थुनछेक बहस पैरवी हुने प्रहरीले बताएको छ । अग्रवाल २०७६ चैत २५ मा कूटनीतिक सुविधाको गाडीमा थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए । उनलाई प्रहरीले पहिलो पटक ७ दिन, दोस्रो पटक ४ दिन र तेस्रो पटक १० दिन म्यादथप गरिएको थियो । पछिल्लो पटक थपिएको म्याद पनि मंगलबार सकिंदैछ ।   

    उनलाई पन्ध्र लाख जरिवाना सहित साढे एक बर्ष कैद सजायको माग गरिएको छ । उनी पक्राउ परेदेखि नै बिभिन्न ठाउँबाट निक्कै दबाव दिन थालिएको थियो । जगदम्बा ग्रुपका संचालक तथा नेपाली कांग्रेस पर्साका नेता अनिल रुंगटादेखि उद्योग परिसंघ(सीएनआई)का संस्थापक विनोद चौधरी, सीएनआईका अध्यक्ष सतिस मोर, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड, अदालतका बीचौलिया कैलाशचन्द्र गोयलहरु करोडौं घुसको अफरसहित शक्तिकेन्द्रमा धाइरहेका थिए ।

    अनिल रुंगटा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचन २०७४ मा पर्सा १ बाट उम्मेदवार थिए । । राज्यमन्त्री दुगड सुलभ अग्रवाललाई छुटाउनका रातदिन लागे पनि अन्ततः उनको प्रयास खेर गएको छ । उनी अग्रवाल पक्राउ भएकै भोलिपल्ट चैत २६ गते बिहान उनका भाइ साहिललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार समेत पुगेर अनुनय विनय गरेका थिए । तर प्रधानमन्त्री ओलीले महामारीमा कालोबजारी गर्नेलाई कुनै हालतमा छुटाउन सिफारिस नगर्ने भनेपछि प्रहरीले ढुक्कले छानबिन गर्यो । 

    सुलभ अग्रवालले २० हजार थान थर्मोगन ल्याए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ५ सय थानको मात्र भन्सार तिरेको खुलेको छ । बाँकी १९ हजार ५ सय थान भन्सार नतिरी ल्याएकाले उनीबिरुद्ध राजस्व चुहावट ऐन अनुसार राजस्व अनुसन्धान विभागले समेत कारबाही गर्नसक्छ ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार