Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा प्रचण्ड नेपाल समूहको स्थायी र केन्द्रीय कमिटी बैठक १९ गते बुधबार बस्ने


    सोमबार, फाल्गुन १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा  प्रचण्ड–नेपाल समूहको   स्थायी र केन्द्रीय कमिटी बैठक बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

    आज  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

    स्थायी र केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘फागुन २१ गते बुधबार एकै दिन स्थायी र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ’ रिजालले भने ।

    बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार