उदघाटन हुन नसकेको मन्दिर र इन्सेटमा बिजय यादव
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवेश गर्नासाथ दुर्गा भवानीको मन्दिर हुँदाहुँदै ३ बर्षअघि अर्को मन्दिर निर्माण सुरु गरियो । जुन मन्दिरको निर्माण ३ बर्षसम्म पनि पूरा हुनसकेको छैन । १५ लाखमा निर्माण हुने मन्दिरमा ४५ लाख खर्च भइसक्दा पनि पूरा हुन सकेको छैन । १५ लाख लागतमा तयार हुनुपर्ने मन्दिर ४५ लाख खर्च भइसकेको छ । अझै थप १५ लाख भुक्तानी बाँकी रहेको छ ।
बढीमा ६ महिनामा निर्माण सकिनुपर्ने उक्त मन्दिर ३ बर्षसम्म पनि संचालनमा आउन नसक्नुको मुख्य कारण अस्वभाविक लागत भएको प्रहरी स्रोत बताउँछ । धनुषामा आउने कुनै पनि एसपी उक्त मन्दिरको लागत देखेर उदघाटन गर्न र बाँकी भुक्तानी गर्न हच्किदैआएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको प्रांगणमा बायाँपट्टि मन्दिर पहिले नै थियो । तर बायाँतिर मन्दिर हुँदाहुँदै जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी निरीक्षक बिजय यादवले अर्को मन्दिर निर्माण सुरु गरेका थिए । हाल मधेश प्रदेश प्रहरी कार्यालयका लेखाअधिकृत रहेका यादवले कमिसनकै लागि यादवले उक्त मन्दिर निर्माण गरेको आरोप छ । तत्कालीन प्रहरी निरीक्षक यादवले ३ बर्षअघि सुरु गरेको र निर्माण पूरा नभएको उक्त मन्दिरको उदघाटन गर्न कुनै पनि प्रहरी प्रमुख तयार छैनन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका वर्तमान प्रमुख एसपी रुगमबहादुर कुँवर पनि उक्त मन्दिर उदघाटन नगर्ने मनस्थितिमा छन् । आवश्यकता नभएको र बास्तुसमेत नमिलेको उक्त मन्दिर निर्माणमा यादवले गरेको भ्रष्टाचारका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राख्ने हो भने आफूसमेत तानिने भएपछि ३ बर्षयताका कुनै पनि एसपीले उदघाटन गर्न आनाकानी गरिरहेका छन् ।
यसैबीच, जनकपुरको मुरलीचोकमा गएको फागुन ११ गते भएको सवारी दुर्घटना हुँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको बिषयमा समेत लेखाअधिकृत बिजय यादव विवादमा परेका छन् । उक्त सवारी दुर्घटनामा मोटरसाइकल चालक इन्स्पेक्टर बिजय यादव सामान्य घाइते भएका छन् भने पछाडि बस्ने ट्राफिक प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका लेखाअधिकृत प्रहरी निरीक्षक बिजय यादवले चलाएको उक्त मोटरसाइकललाई टिफरले ठक्कर दिंदा पछाडि बसेकी ट्राफिक प्रहरी जवानको मृत्यु भएको थियो ।
प्रदेश प्रहरी कार्यालयका लेखा अधिकृतले जिल्ला ट्राफिक प्रहरी कार्यालयका जवानलाई मोटरसाइकलमा कहाँ लिएर गएका थिए भन्ने प्रश्नसमेत उठेको छ ।
प्रदेश प्रहरी कार्यालयका लेखा अधिकृतले जिल्ला ट्राफिक कार्यालय महोत्तरीमा कार्यरत जवानलाई मोटरसाइकलमा किन लिएर गएका थिए भन्ने प्रश्न उठिरहेको छ । र, उनले कता लिएर गएका थिए, कसरी दुर्घटना भयो, सीसीटीभी फुटेजसमेत हेरिनुपर्ने मागसमेत भइरहेको छ । पीडित मृतकका पति बैदेशिक रोजगारीमा रहेका छन् ।
प्रदेशका लेखाअधिकृत महोत्तरी किन गए ? महिला ट्राफिक जवानलाई उनले जनकपुरधाम किन ल्याउँदै थिए ? मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग स्वीकृति लिएर गएका थिए कि थिएनन् ?
प्रदेश प्रहरीमा अरु कोही प्रहरी अधिकृतबाट यस्तो घटना घटेको भए, त्यो घटना भएकै दिन निलम्बनमा पर्ने अवस्था हुन्थ्यो, तर अहिले एउटा छानबिन समेत बनाइएको छैन । यादवले चलाएको मोटरसाइकलमा महतो थरकी ट्राफिककी जवानको मृत्यु भइसकेपछि छानबिन हुन नसक्नुमा यादवको आईजीपी दानबहादुर कार्कीसँगको निकटताले पनि काम गरेको चर्चा छ ।
सर्वेन्द्र खनाल आईजीपी हुँदा बिजय यादव उनको बडीगार्डका साथै आर्थिक कारोबार हेर्थे यादवले । हालका आईजीपी कार्की खनालको सचिवालयमा पीए थिए । त्यही सम्बन्धका आधारमा यादवमाथि छानबिन हुन नसकेको स्रोत बताउँछ । सर्वेन्द्र खनालले धिरजप्रताप सिंह आईजीपी हुँदा यादवलाई लेखाको तालिममा हाल्न लगाई जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा गरेका थिए । धनुषामा कार्यरत रहँदारहँदै मधेश प्रदेश प्रहरीको लेखाअधिकृतमा सरुवा गराएका थिए ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend