जनकपुरधाम । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक इन्स्पेक्टर बिजय यादव सामान्य घाइते भएका छन् भने पछाडि बस्ने ट्राफिक प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका लेखाअधिकृत प्रहरी निरीक्षक बिजय यादवले चलाएको उक्त मोटरसाइकललाई टिफरले ठक्कर दिंदा पछाडि बसेकी ट्राफिक प्रहरी जवानको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका लेखा अधिकृतले जिल्ला ट्राफिक प्रहरी कार्यालयका जवानलाई मोटरसाइकलमा कहाँ लिएर गएका थिए भन्ने प्रश्नसमेत उठेको छ ।
लेखा अधिकृत यादवले भने बैंकमा ऋण लिनका लागि सहजीकरण गरिदिनका लागि मोटरसाइकलमा लिएर गएको बताइरहेको प्रहरी स्रोत बताउँछ । प्रहरीका प्रदेशका लेखाअधिकृतले अर्कै कार्यालयको जवानलाई लिएर जानुलाई त्यति स्वभाविक भने मानिएको छैन । इन्स्पेक्टर बिजय यादव सर्वेन्द्र खनाल आईजीपी हुँदा उनको सचिवालयका हर्ताकर्ता थिए । मृतक जवानका परिवारका सदस्य भने बैदेशिक रोजगारीमा बिदेशमा रहेको स्रोत बताउँछ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend