जनकपुरधाम । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक इन्स्पेक्टर बिजय यादव सामान्य घाइते भएका छन् भने पछाडि बस्ने ट्राफिक प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका लेखाअधिकृत प्रहरी निरीक्षक बिजय यादवले चलाएको उक्त मोटरसाइकललाई टिफरले ठक्कर दिंदा पछाडि बसेकी ट्राफिक प्रहरी जवानको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका लेखा अधिकृतले जिल्ला ट्राफिक प्रहरी कार्यालयका जवानलाई मोटरसाइकलमा कहाँ लिएर गएका थिए भन्ने प्रश्नसमेत उठेको छ ।
लेखा अधिकृत यादवले भने बैंकमा ऋण लिनका लागि सहजीकरण गरिदिनका लागि मोटरसाइकलमा लिएर गएको बताइरहेको प्रहरी स्रोत बताउँछ । प्रहरीका प्रदेशका लेखाअधिकृतले अर्कै कार्यालयको जवानलाई लिएर जानुलाई त्यति स्वभाविक भने मानिएको छैन । इन्स्पेक्टर बिजय यादव सर्वेन्द्र खनाल आईजीपी हुँदा उनको सचिवालयका हर्ताकर्ता थिए । मृतक जवानका परिवारका सदस्य भने बैदेशिक रोजगारीमा बिदेशमा रहेको स्रोत बताउँछ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend