Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अाेली र प्रचण्डबीच छलफल सुरु


    मंगलबार, बैशाख १६ २०७७
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १६ बैशाख  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।

    पार्टीभित्र देखिएको गतिरोधबारे छलफल गर्न प्रचण्ड र प्रम अाेलीबीच भेटवार्ता भएको हो।
    स्रोतका अनुसार दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल भएको हो ।

    यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए।
    प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग छुट्टाछुट्टै भएको भेटमा प्रधानमन्त्री ओलीले तत्काल सचिवालय बैठक बोलाउन जरूरी नरहेको बताएका थिए।

    यसअघि आज सचिवालय बैठक बस्ने भनिए पनि बैठकको समय अझै टुंगो लागिसकेको छैन।
    प्रधानमन्त्री ओली र प्रचण्डबीच गत शुक्रबार भेट भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार