ललितपुर । ललितपुर महानगरपालिकाले दुई वर्षअघि २०७६ मंसिर १७ गते माग गरी रोक्का गरिएको १४ को भर्ना प्रक्रिया पुनः सुरु गर्न लागेको छ । देशमा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँ सरकार गठनको चरणमा भएको बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भने आफ्नो छोरालाई इन्जीनीयरमा जागिर खुवाउन चर्को दबाब दिइरहेका छन् ।
प्रमुख आयुक्त थपलियाको दबाबपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले इन्जीनियर भर्नालाई टुंग्याउने तरखर गरेका छन् । ललितपुर महानगरपालिकाले मागेको १४ इञ्जीनियर पदमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका छोरादेखि मेयर चिरिबाबु महर्जन र कांग्रेसका शीर्षनेताका आफन्तसमेत छन् । सुरुमा करारमा भर्ना गर्ने र पछि स्थायी गर्ने प्रवृत्ति स्थानीय निकायमा व्याप्त छ ।
त्यसैकारण करारमा छोरालाई भर्ना गराउन प्रमुख निर्वाचन आयुक्त थपलिया हैसियत बिर्सेर दबाब दिइरहेको ललितपुर महानगरका एक वडाध्यक्षले बताए । उनका अनुसार प्रमुख आयुक्त थपलिया र चिरिबाबु महर्जनले छोरा र आफन्त भर्ना गर्न सबै प्रक्रिया मिचेका छन् । हामीले बिरोध गरेपछि रोकिएको थियो, नेकपा विभाजन र देशको वर्तमान अवस्थाको फाइदा उठाएर मेयर महर्जन प्रमुख प्रशासकीय अधिकृत बिष्णु कोइराला पुनः १४ इन्जीनीयर भर्ना गर्न लागेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आफ्ना छोरा सारांश थपलियालाई जेनतेन इन्जीनियर त बनाए, तर उनीसँग प्रतिस्पर्धा गरी पेशामा जम्ने क्षमता नभएपछि आफ्नो पावरको दुरुपयोग गरी ललितपुर महानगरपालिकामा इन्जीनियरमा भर्ती गर्न खोजेका हुन् । थपलियाले प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई छिटो प्रक्रिया सुरु गर्न दबाब दिएका छन् ।
राज्यका पहुँचवाला थपलियासहितका भीआईपीका सन्तानलाई जागिर खुवाउन सेटिङ गरिएको सूचना थाहा पाएपछि महानगरका धेरै वडाध्यक्षहरुले विरोध गरे । वडाध्यक्षहरुको विरोधका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रेम भट्टराईले नतिजा प्रकाशित गर्न सकेनन् । दिनेश थपलियाले प्रेम भट्टराईलाई नै आफ्नो छोरालाई जागिरमा राख्नका लागि उक्त विज्ञापन गराउन लगाएका थिए । थपलियाले आफ्नै जिल्ला संखुवासभा घर भएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रयोग गरी उनले विज्ञापन गर्न लगाएका थिए । भट्टराईले जसरी पनि थपलियाका छोरालाई पास गराउने आश्वासन दिए, तर वडाध्यक्षको विरोधका कारण सकेनन् । उनको सरुवा धनुषाको प्रमुख जिल्ला अधिकारीमा भइसकेपछि विष्णु कोइराला गत असारमा ललितपुर महानगरमा प्रशासकीय अधिकृको रुपमा आए ।
सहसचिव बढुवा हुनासाथ उनी ललितपुर महानगरमा पदस्थापन भए । तत्कालीन सचिव सूर्यप्रसाद गौतमले जसरी पनि थपलियाका छोरालाई ललितपुर महानगरमा इन्जीनियर बनाउने प्रतिबद्धता जनाउँदै त्यसका लागि उपयुक्त पात्रका रुपमा कोइरालालाई प्रशासकीय अधिकृतमा पठाए । कोइरालालाई जानासाथ गर्नुपर्ने पहिलो एजेण्डा थपलियाका छोरालाई जागिर खुवाउने थियो । तर उनी गएको ९ महिनासम्म पनि थपलियाका छोरालाई भर्ती गर्न नसकेपछि थपलियाले पुनः ताकेता गराएका छन् । कोइराला र गौतम बिच सुसम्बन्ध भएकाले थपलियाले पुनः एकपटक इन्जीनियरको परीक्षा टुंग्याउन र पुत्रलाई जागिर खुवाउन ताकेता गरेका छन् । थपलियाको लगातारको ताकेतापछि कोइरालाले पुनः इन्जीनियर भर्ना प्रक्रिया टुंग्याउन अन्तर्वार्ताको लागि मिति तय गर्न लागेका छन् ।
नेकपा विभाजन भएको र महानगरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकाले नेकपाको एउटा घटकलाई लिएर कार्यपालिकामा बहुमत जुटाउने प्रयास मेयर महर्जनको छ । इञ्जीनियर भर्नामा महर्जनको पनि स्वार्थ जोडिएको छ । कांग्रेसका नेताहरुका आफन्तलाई भर्ना गरिदिने भनेर उनले आश्वासन दिएका छन् । थपलियाका छोरादेखि नेताका आफन्तसम्मलाई भर्ना गर्न आवेदन दिने ३६ जनामध्ये पहुँचविहीन २२ जनालाई सर्टलिस्टमै पारिएन । अख्तियारका पूर्वप्रमुख आयुक्त नवीन घिमिरे र हालका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि करारमा इन्जीनीयर भर्ना गर्न दबाब दिएका छन् । सबै पहुँचवालाको दबाबले गर्दा पहुँच नहुनेहरु सर्टलिष्टमै पर्न नसकेको वडाध्यक्षहरुको गुनासो छ ।
स्थानीय निकायमा सुरुमा करारमा छिर्ने र पछि संगठितरुपमा आन्दोलन गरेर स्थायी हुने परम्परा नै बसिसकेको छ । २०६२÷६३ को जनआन्दोलनमा स्थानीय निकायमा सोर्सफोर्समा जागिर खाएका हजारौं कर्मचारीहरु अनसन बस्नेदेखि किरियापुत्रीसम्म बसेर सरकारको विरोध गरी स्थायी भएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend