Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याजबारीको विषयमा झगडा हुँदा एक महिलाको मृत्यु


    मंगलबार, बैशाख १६ २०७७
    750
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, १६ बैशाख  । सर्लाहीमा भएको झगडामा  परी एक महिलाको मृत्यु भएको छ  हरिपूर्वा नगरपालिका–८ मा दुई परिवारबीचको झगडामा  परी ३५ वर्षिय सैदुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

    स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झगडा भएको थियो ।खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पनि अभिभावकहरु पनि मिसिएका सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

    झगडाका क्रममा गम्भीर घाइते भएकी सैदुनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लैलाने क्रममा मृत्यु भएको उनले बताए ।

    कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरी घटनाको अन्य अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार