Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल प्रहरीमा जागिर खुल्यो, २१ इन्सपेक्टर र ४३८ असईको माग


    शुक्रबार, मंसिर २६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ ।

    शुक्रबार सूचना जारी गरी प्रहरीले २१ जना इन्सपेक्टर र ४ सय ३८ जना असईका लागि आवेदन माग गरेको छ ।

    इन्सपेक्टरका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

    दरखास्त फाराम अनलाइनबाटै लिन सकिनेछ । दरखास्त दस्तुर इन्सपेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्नेछ ।

    यस्तै असईतर्फ ५ सय रुपैयाँ र एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।

    सूचनाअनुसार इन्सपेक्टरका लागि आवेदन दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईतर्फ १८ वर्ष पूरा भई २४ वर्ष नकटेको हुनुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार