Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रतिनिधिसभा बिघटन सम्बन्धी मुद्दामा आजै फैसला हुने


    मंगलबार, फाल्गुन ११ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित प्रतिनिधिसभा बिघटन सम्बन्धी मुद्दामा आजै फैसला गर्ने तयारी गरेको छ । 
    आज पेशी तोकिए पनि हेर्दाहेर्दैमा राखिने र बुधबार वा बिहीबारसम्म फैसला आउने अनुमान लगाइएको थियो । तर सर्वोच्च अदालतले आजै फैसला गर्न तयारी गरेको स्रोतले बताएको छ ।

    प्रतिनिधिसभा बिघटन सदर भए चुनावको तयारी सुरु गर्ने निर्वाचन आयोगको तयारी छ । पुनस्र्थापना भए प्रधानमन्त्री केपी ओलीले संकटकाल लगाउने चर्चा पनि भइरहेको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा बिघटनलाई बदर गरेको हो । संविधानमा संसद बिघटनको प्रावधान नै छैन । 
    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । सर्वोच्चमा प्रतिनिधिसभा बिघटनका बिरुद्ध पुस १३ मा रिट दायर भएको थियो । 
    प्रधानमन्त्री केपी ओलीले आफ्नाबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने संकेत पाएपछि प्रतिनिधिसभा बिघटन सिफारिस गरेका थिए । ओलीलाई नेकपाको बहुमतले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पदबाट राजीनामा दिन निर्देशन दिएपछि उनले संसद नै बिघटन गर्ने कदम चालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार