Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहन्छ : अध्यक्ष यादव


    सोमबार, फाल्गुन १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुर। जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभएको छ ।

    जमिअत उलमाए नेपालद्वारा आज जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

    अध्यक्ष यादवले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गर्र्नुभयो । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई शिक्षामा जोड दिँदै अशिक्षाकै कारण मुस्लिम समुदाय गरिबी र असमानताको सिकार भएको उल्लेख गर्नुभयो ।

    मुस्लिम समुदायलाई मुलुकको मूलधारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकार त्यसै दिशामा अघि बढेको स्पष्ट पार्नुभयो ।

    असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडीलगायतका वक्ताहरुले आआफ्ना धारणा प्रकट गर्नुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार