बीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले १ सय ४ किलो ३२५ ग्राम गाँजा बरामद गरेको छ ।
सोमबार अपराह्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेर चेक गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ बस्ने ३२ बर्षीय भीम स्याङ्तान र मकवानपुरगढी–१ बस्ने ३८ बर्षीय कुमार स्याङ्तान छन् । पक्राउ परेका २ जनामध्ये भीम स्याङ्तान कारचालक हुन् । पक्राउ परेकाहरुका बिरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुुसन्धान भइरहेको मंगलबार कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार पटेर्वा सुगौली गाउँपालिका रंगपुरबाट लागूऔषध ओसारपसार भइरहेको बिशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
प्रवक्ता कार्कीका अनुसार प्रहरीले बीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोकमा सडकमा हिंडिरहेका एक ब्यक्तिबाट मंगलबार १० किलो चरेस बरामद गरेको छ ।
पर्साको धोबिनी गाउँपालिका ५ का ४८ बर्षीय सम्सुल मियाँको साथमा रहेको कालो ब्याग चेक गर्दा उक्त चरेश फेलपरेको थियो । मियाँलाई नियन्त्रणमा लिएर लागूऔषध कसुरमा अनुसन्धान भइरहेको छ ।
।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend