Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्यापारी दीपक भट्टको घरमा सीआईबीको छापा


    आइतबार, मंसिर १४ २०८२
    1.4K
    Shares
    दीपक भट्ट
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले ब्यापारी दीपक भट्टको घरमा छापा मारेको छ । भट्टको सानेपा किरण भवनस्थित निवासमा सीआइबीले आइतबार अपरान्ह छापा मारेको बताइएको छ ।

    स्रोतका अनुसार ब्यूरोको टोलीले भट्टको घरबाट शंकास्पद कागजात नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागले भट्टका बारेमा छानबिन गरिरहेका थिए ।

    भट्टले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हिमालयन रिइन्स्योरेन्सको अनुमतिपत्र लिएका थिए । सरकारको स्वामित्वको नेपाल पुनर्वीमा कम्पनीलाई धरासायी बनाउन हिमालयन रिलाई लाइसेन्स दिने क्रममा ठूलो आर्थिक लेनदेन गरेको आरोप तत्कालीन प्रधानमन्त्री ओलीमाथि लाग्दैआएको छ ।

    वीमा प्राधिकरणबाट जनार्दन शर्मा अर्थमन्त्री हुँदा ७ वटा प्रदेशमा लघुवीमा कम्पनीको लाइसेन्स घपलामा पनि भट्टकै सेटिङ रहेको थियो ।

    त्यसैगरी, जनार्दन शर्मा अर्थमन्त्री हुँदा दर्जनभन्दा बढी सेयर दलाल(ब्रोकर लाइसेन्स)को अनुमतिपत्र पनि भट्टकै सेटिङमा दिइएको थियो ।

    उनी हिमालयन स्टक एक्सचेन्जको अनुमतिपत्र लिने र सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज धरासायी पार्नका लागि विगत ३ बर्षदेखि सक्रिय भएर लागेका छन् । रमेश हमालकै पालामा स्टकको लाइसेन्स लिन लागेका उनी त्यो समयमा नसकेपछि सन्तोषनारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाएर लाइसेन्स लिने खेलमा लागिरहेका छन् ।

    नेपालजस्तो सानो देशमा एउटै स्टकको ब्यापार पर्याप्त नभएको अवस्थामा अर्को स्टकको लाइसेन्स दिएर सरकारी स्टक डुबाउने खेलमा उनी थिए । तर जेनजी बिद्रोहपछि उनको योजना चकनाचूर भएको छ । र, अर्थमन्त्री रामेश्वर खनालले अर्को स्टक नेपाललाई नचाहिने अभिब्यक्ति दिएपछि उनले लाइसेन्स नपाउने पक्कापक्की नै भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार