काठमाडौं । गृहमन्त्री सुधन गुरूङले जेनजी आन्दोलनपछि ६ महिनाको बीचमा दीपक भट्टको समूहको लगानी रहेका २ वटा लघुवीमा कम्पनीका ५० लाख रुपैयाँको सेयर किनेको खुलेको छ ।
जेनजी आन्दोलनपछि निर्वाचन भएपश्चात सरकार गठन हुनु एक साता अघिसम्म पनि उनले सेयर खरिद गरेको अभिलेख मिडियाहरुले सार्वजनिक गरेका छन् । भट्टको अगुवाईमा खुलेका र जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनकै दबाबमा बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले अनुमति दिएका स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो इन्स्योरेन्सको २५–२५ लाखको सेयर गृहमन्त्री गुरुङले जेनजी आन्दोलनपछि लिएको खुलासा हिमालखबर पत्रिकाले केही दिनअघि गरेको थियो ।
भट्टले मन्त्री गुरुङलाई यी कम्पनीको सेयर ‘घुस’बापत दिएका हुन् कि सुधनले खरिद गरेका हुन्, प्रष्ट पार्नुपर्ने जरुरी छ । सुधनले सम्पत्ति बिबरण खुलाउँदा शेयर बजारमा ४ करोड भन्दा बढीको लगानी रहेको उल्लेख गरेका छन् । तर दीपक भट्टको कम्पनीमा लगानी गर्नु अपराध त होइन, उक्त सम्पत्ति जेनजी आन्दोलनपछि उनले कुन स्रोतबाट खरिद गरेका हुन्, त्यो बैध स्रोत देखाउनुपर्छ भन्ने आवाज सामाजिक संजालमा गुन्जिरहेको छ ।
जेनजी आन्दोलनको पाँच महिनापछि उनले अत्यधिक सेयर खरिद गरेको अभिलेख सेतोपाटीले सार्वजनिक गरेको छ । फागुन २१ को चुनाव सकेर गृहमन्त्री नियुक्त हुनुभन्दा पाँच दिनअघिसम्म उनी सेयर खरिदमा सक्रिय रहेको समाचार आएपछि उनले उक्त रकमको पारदर्शीताको बारेमा प्रष्ट पार्नैपर्ने दबाब परेको छ । उनका बाबु दिलबहादुर गुरुङले एक छाक चामलको भात खानका लागि भरिया काम गरेको अन्तर्वार्ताको एक भिडियो क्लीप सामाजिक संजालमा भाइरल छ । तर उनका बाबुको नाममा २ सय रोपनीभन्दा बढी जग्गा, सुधनका नाममा करोडौं मूल्यको सुन, चाँदी जस्ता गरगहना करोडौंको सेयर कहाँबाट आयो भन्ने जानकारी नागरिकले खोजिरहेका छन् ।
मन्त्री गुरुङसँगै भट्टले हिमालयन पुनर्बीमा कम्पनीदेखि लघुवीमा कम्पनीको अनुमति लिंदा नेता, मन्त्री, पत्रकारहरु सबैलाई सेयर दिएर सेटिङ मिलाएको रहस्य एकपछि अर्को गरी खुलिरहेको छ । चर्चित मिडिया संचालकदेखि जेनजी आन्दोलनमा पानी बितरण गर्ने स्वयंसेवको आवरणमा सिंहदरबारदेखि सर्वोच्च अदालतमा आगो लगाउन उकास्ने र नेतृत्व गर्नेहरुलाई सम्म भट्टले सेयरहोल्डरमा राखी लाइसेन्स लिएको पाइएको छ ।
सुदन गुरुङको हामी नेपाली नामक एनजीओलाई दीपक भट्टको इन्फिनिटी होल्डिङ्स र साहिल र सुलभ अग्रवालको शंकर ग्रुपले आर्थिक सहयोग र सम्मानसमेत गरेको तथ्य जेनजी आन्दोलनकै क्रममा खुलेको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend