Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • गृहमन्त्री गुरुङमाथि नैतिक प्रश्न : भट्टका कम्पनीबाट ५० लाखको सेयर ‘घुस’बापत लिएका हुन् कि बैधानिक आयबाट ?


    सोमबार, बैशाख ७ २०८३
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री सुधन गुरूङले जेनजी आन्दोलनपछि ६ महिनाको बीचमा दीपक भट्टको समूहको लगानी रहेका २ वटा लघुवीमा कम्पनीका ५० लाख रुपैयाँको सेयर किनेको खुलेको छ ।

    जेनजी आन्दोलनपछि निर्वाचन भएपश्चात सरकार गठन हुनु एक साता अघिसम्म पनि उनले सेयर खरिद गरेको अभिलेख मिडियाहरुले सार्वजनिक गरेका छन् । भट्टको अगुवाईमा खुलेका र जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनकै दबाबमा बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले अनुमति दिएका स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो इन्स्योरेन्सको २५–२५ लाखको सेयर गृहमन्त्री गुरुङले जेनजी आन्दोलनपछि लिएको खुलासा हिमालखबर पत्रिकाले केही दिनअघि गरेको थियो ।

    भट्टले मन्त्री गुरुङलाई यी कम्पनीको सेयर ‘घुस’बापत दिएका हुन् कि सुधनले खरिद गरेका हुन्, प्रष्ट पार्नुपर्ने जरुरी छ । सुधनले सम्पत्ति बिबरण खुलाउँदा शेयर बजारमा ४ करोड भन्दा बढीको लगानी रहेको उल्लेख गरेका छन् । तर दीपक भट्टको कम्पनीमा लगानी गर्नु अपराध त होइन, उक्त सम्पत्ति जेनजी आन्दोलनपछि उनले कुन स्रोतबाट खरिद गरेका हुन्, त्यो बैध स्रोत देखाउनुपर्छ भन्ने आवाज सामाजिक संजालमा गुन्जिरहेको छ ।

    जेनजी आन्दोलनको पाँच महिनापछि उनले अत्यधिक सेयर खरिद गरेको अभिलेख सेतोपाटीले सार्वजनिक गरेको छ । फागुन २१ को चुनाव सकेर गृहमन्त्री नियुक्त हुनुभन्दा पाँच दिनअघिसम्म उनी सेयर खरिदमा सक्रिय रहेको समाचार आएपछि उनले उक्त रकमको पारदर्शीताको बारेमा प्रष्ट पार्नैपर्ने दबाब परेको छ । उनका बाबु दिलबहादुर गुरुङले एक छाक चामलको भात खानका लागि भरिया काम गरेको अन्तर्वार्ताको एक भिडियो क्लीप सामाजिक संजालमा भाइरल छ । तर उनका बाबुको नाममा २ सय रोपनीभन्दा बढी जग्गा, सुधनका नाममा करोडौं मूल्यको सुन, चाँदी जस्ता गरगहना करोडौंको सेयर कहाँबाट आयो भन्ने जानकारी नागरिकले खोजिरहेका छन् ।

    मन्त्री गुरुङसँगै भट्टले हिमालयन पुनर्बीमा कम्पनीदेखि लघुवीमा कम्पनीको अनुमति लिंदा नेता, मन्त्री, पत्रकारहरु सबैलाई सेयर दिएर सेटिङ मिलाएको रहस्य एकपछि अर्को गरी खुलिरहेको छ । चर्चित मिडिया संचालकदेखि जेनजी आन्दोलनमा पानी बितरण गर्ने स्वयंसेवको आवरणमा सिंहदरबारदेखि सर्वोच्च अदालतमा आगो लगाउन उकास्ने र नेतृत्व गर्नेहरुलाई सम्म भट्टले सेयरहोल्डरमा राखी लाइसेन्स लिएको पाइएको छ ।

    सुदन गुरुङको हामी नेपाली नामक एनजीओलाई दीपक भट्टको इन्फिनिटी होल्डिङ्स र साहिल र सुलभ अग्रवालको शंकर ग्रुपले आर्थिक सहयोग र सम्मानसमेत गरेको तथ्य जेनजी आन्दोलनकै क्रममा खुलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार