काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका एक मन्त्री १३ दिनमै विवाद परेपछि पदमुक्त भएका थिए । अर्का मन्त्री पनि एक महिना नपुग्दै विवादमा परेका छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा थुनामा रहेका दीपक भट्टको एक कम्पनीमा ब्यवसायिक साझेदार रहेको खुलेपछि गृहमन्त्री सुधन गुरुङ पनि चरम विवादमा परेका छन् ।
सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट, सुलभ अग्रवाल र साहिल अग्रवालको छानबिन गर्ने क्रममा हिमालयन रिइन्स्योरेन्ससहित लघुवीमा कम्पनीसमेत अनुसन्धानको दायरामा आएका छन् । त्यही सिलसिलामा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा भट्ट र मन्त्री गुरुङको साझेदारी रहेको खुलासा भएको हो ।
दर्ता नम्बर ३०४६७०–७९–८० रहेको छ भने संचालक लगतको तेस्रो नम्बरमा दीपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गसकी प्रतिनिधि कर्मचारी श्रीमती प्रजुनी बज्राचार्यको नाम छ भने साझेदारीको ४९ नम्बरमा गोर्खा चुमनुब्री–२ का दिलबहादुर गुरुङका छोरा सुधन गुरुङको नाम छ ।
सुधनको नागरिकता नम्बर ११३७९ राखिएको छ भने उनका नाममा २५ हजार कित्ता शेयर जारी भएको लगतमा देखिन्छ । सुधनले बुझाएको सम्पत्ति विवरणमा यो वीमा कम्पनीको सेयर उल्लेख गरिएको छैन ।
यस्ता विवादास्पद मन्त्री गुरुङलाई रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहले पदमुक्त गर्लान् कि नगर्लान् भन्ने जिज्ञासा सामाजिक संजालमा प्रकट भइरहेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend