डा. सुधा शर्मा, डा. विकास देवकोटा र डा. मदन उपाध्याय
काठमाडौं । । जेनजी बिद्रोहबाट जन्मिएको सरकारकी एक मन्त्री सरुवा बढुवामा केन्द्रित हुन थालेकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको ध्यान सरकारी अस्पतालको सुधार र स्वास्थ्य बीमा प्रभावकारी रुपमा लागू गर्ने, औषधि उपकरण खरिदमा हुने गरेको अपारदर्शीता अन्त्य गर्ने हुनुपर्नेमा उनी कर्मचारी सरुवा बढुवामै बढी केन्द्रित भएकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटामार्फत् बिगतमा विभिन्न काण्ड लागेकाहरुलाई सेटिङमा सबैभन्दा आकर्षक महाशाखा प्रमुखमा सरुवा गरिएको आरोप छ । स्वास्थ्य सेवा बिभाग अन्तर्गतका आयोजनाहरुको परिचालन गर्ने अरबौं बजेट भएको परिवार कल्याण महाशाखाको प्रमुखमा बिगतमा काण्डैकाण्ड लागेका डा. मदन उपाध्यायलाई सरुवा गरिएको छ ।
सचिव देवकोटामार्फत् नै सेटिङ गरी उपाध्यायलाई सबैभन्दा बढी बजेट भएको महाशाखाको जिम्मेवारी दिएको स्रोत बताउँछ । उपाध्याय स्वास्थ्य मन्त्रालयमा अति नै विवादित कर्मचारी हुन् । स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख हुँदा बस्दा आईभीएफ सेन्टरहरु संचालन गर्न उनले दररेट तोकेर अनुमति दिएको आरोप लागेको थियो । आइभीएफ सेन्टरसँग एउटा बराबर २० देखि २५ लाख लिएको भन्दै संसददेखि मिडियासम्म चर्को बिरोध भएको थियो । र, उनी एक किसिमले जिम्मेवारीबिहीन जस्तै बनाइएका थिए । मन्त्रालयको भवन जलेपछि आइभीएफको अनुमतिमा भएको सेटिङको फाइल डढे । तर यो काण्ड सेलाएको छैन ।
त्यस्तै, उनीमाथि अस्पतालको अनुमगम, निरीक्षण र स्तरबृद्धि गर्दा समेत मोलमोलाइ गरेको हस्पिटल संचालकहहरुको गुनासो पछि मन्त्रालयले महाशाखा प्रमुखबाट हटाउन बाध्य भएको थियो । विगतको ओली सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विवादै बिबादमा परेपछि महाशाखाबाट एक किसिमले कारबाही गरेका उपाध्यायलाई सचिव देवकोटामार्फत् सेटिङ मिलाएर जेनजीको आन्दोलनबाट आएकी मन्त्री शर्माले झन् महत्वपूर्ण ठाउँमा जिम्मेवारी दिएकी छन् ।
त्यसैगरी मन्त्री शर्माले स्वास्थ्य मन्त्रालयमा गरेका बेथितिका शृंखला यतिमात्र सीमित छैनन्, नारायणी अस्पताल बीरगंजको मेडिकल सुपरिटेन्डेन्ट(मेसु) समेत सेटिङमै डा. चित्तरन्जन साहलाई बनाइएकोमा बिरोध भइरहेको छ । सचिव देवकोटामार्फत् नै कुरा मिलाएर उनलाई मेसु बनाइएको स्रोत बताउँछ ।
त्यस्तै गजेन्द्रनारायण सिंह अस्पतालको मेसुमा डा. नागेन्द्र यादवलाई सेटिङ मिलाएर सरुवा गरिएको पत्र थमाइयो । डा. नागेन्द्रलाई पत्र दिए पनि भोलिपल्टै पुनः प्रकाश साहकै थमौती गरिएको पत्र दिएर मन्त्री शर्माले गाईजात्रा प्रदर्शन गरिन् । तर जागिरको प्रलोभन देखाउँदै नर्सलाई यौनप्रस्ताव राखेको अडियो सार्वजनिक हुनासाथ डा. प्रकाश साह कात्तिक २० गते नै भागेर स्वास्थ्य मन्त्रालयमा आएर अन्यत्रै सरुवा गरिदिन हारगुहार गरेपछि डा. नागेन्द्र यादव नै मेसुमा जान पाएपछि सेटिङमा भएको सरुवा बाहिर आउन पाएन ।गजेन्द्रनारायणको मेसुमा पनि आर्थिक लेनदेन गरेको आरोप छ ।
स्वास्थ्य सेवा बिभागको सबैभन्दा आकर्षक औषधि खरिद गर्ने महत्वपूर्ण ब्यवस्थापन महाशाखाको निर्देशममा डमी (क्षमताबिहीन) केशव पण्डितलाई सरुवा गरिएको छ । सचिव डा. विकास देवकोटाले नै सबै रिमोट कन्ट्रोल हातमा लिने र औषधि खरिदको सबै सेटिङ मन्त्रालयबाटै गर्नेगरी मन्त्री शर्मालाई कन्भिन्स गरी पण्डितलाई लगिएको छ । स्वास्थ्य मन्त्रालयको उक्त महाशाखाबाट अरबौंको औषधि खरिद हुने गरेको छ ।
पण्डित अति नै सोझा प्रकृतिका भएकालने ब्यवसायीसँग सचिवले डिल गर्ने र मन्त्रीलाई बुझाउने गरी डिल गरिएको स्रोत बताउँछ । मन्त्री शर्माको नाम लिंदै सचिव देवकोटाले गरेको अनावश्यक हस्तक्षेप र सेटिङको दबाब झेल्न नसकेर स्वास्थ्य सेवा बिभागका महानिर्देशक टंक बराकोटीले अढाई बर्ष जागिर अवधि हुँदाहुँदै राजीनामा दिएका छन् ।
बिषय बिज्ञलाई मन्त्री बनाउँदा सुशासन कायम हुने विश्वास ब्यक्त गरिए पनि मन्त्री शर्मामार्फत् सचिव देवकोटाले दिएको अनावश्यक दबाब झेल्न नसकेर बिभागका महानिर्देशक बराकोटीले राजीनामा दिएकाले पनि स्वास्थ्य मन्त्रालयमा जेनजी सरकार आएपछि भ्रष्टाचार झन् बढेको कुरालाई नै पुष्टि गरेको छ ।
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend