काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मन्त्री निशा मेहताले सुरुदेखि नै सचिव डा. विकास देवकोटाको सहयोग पाउन सकेकी छैनन् ।
स्वास्थ्य वीमा बोर्डमा तत्कालीन श्रम तथा रोजगार मन्त्री दीपककुमार साहकी श्रीमती जुनु श्रेष्ठलाई पुनर्नियुक्ति दिने निर्णय गर्दा पनि मन्त्री मेहतालाई झुक्याउने काम सचिव देवकोटाले गरेका थिए । जुनुलाई बोर्डमा हाजिर गराउने बिषयमा मन्त्रीलाई विवादमा पार्ने काम सचिव देवकोटाबाटै भएको थियो ।
मन्त्री साहलाई खुसी पार्न सचिव देवकोटाले उनकी श्रीमतीलाई बोर्डमा पुनः हाजिर गराउन निर्देशन दिएका थिए । सचिवले दिएको निर्देशन अनुसार नै तत्कालीन वीमा बोर्डका सीईओ रघुराज काफ्लेले जुनलाई हाजिर गराएका थिए । वीमा बोर्डमा जुनुको पुनर्नियुक्तिमा सचिव देवकोटाले झुक्याउँदा झन्डै मन्त्री मेहता पदमुक्त हुनुपरेको थियो । उनलाई सचेत गराएर निरन्तरता दिइएको थियो । मन्त्री दीपक साह बर्खास्त नै भएका थिए ।
समूह नमिल्ने र दरबन्दी बिनाका निर्देशकहरुको सरुवामा पनि मन्त्रीलाई झुक्याउने काम देवकोटाले गरेका थिए । अहिले पनि बिभिन्न फाइलहरु अड्काउने, लामो प्रक्रियामा धकेल्ने गरिरहेका छन् ।
मन्त्री मेहताले विनाजिम्मेवारी र काजमा कर्मचारी नराख्न निर्देशन दिंदादिंदै पनि सचिवले करारका कर्मचारीलाई काजमा ल्याएर राखी सेटिङमा परिचालन गरेको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार सचिव देवकोटाले नै स्वास्थ्य मन्त्रालयको सबैभन्दा महत्वपूर्ण योजना तथा बजेट शाखामा बिगत ५ बर्षदेखि कम्प्युटर अप्रेटरमा सुदीप थापालाई काजमा ल्याएर राखेका छन् । थापा ट्रमा सेन्टरमा करारका कम्प्युटर अप्रेटर हुन् । ट्रमा सेन्टरका करारका कम्प्युुटर अप्रेटरलाई काजमा मन्त्रालयमा ल्याएर ५ बर्षदेखि राखिएको छ ।
यी कम्प्युटर अप्रेटरले स्वास्थ्य मन्त्रालयको बजेट निकासामा सेटिङ मिलाउने गरेका छन् । स्वास्थ्यञ मन्त्रालयको उच्च स्रोतका अनुसार पालिका र संघीय अस्पताल निर्माण वा अन्य शीर्षकमा बजेट पठाउँदा थापामार्फत् सेटिङ मिलेपछि मात्रै काम हुनेगरेको छ । बजेट हाल्नुअघि निश्चित प्रतिशत तोकेर दररेट उठाउने, त्यसपछि काम सम्पन्न भएपछि समेत थापासँग सेटिङ मिलाएर अन्तिम भुक्तानी हुने गरेको छ ।
दररेट अनुसार उठाउने तरिका र कलेक्सनमा निपुर्ण थापाले नीति योजना तथा अनुगमन महाशाखा प्रमुख र सचिवलाई खुसी पारी हालीमुहाली गर्दैआएका छन् । करारका कम्प्युटर अप्रेटरको चकचकीका बारेमा मन्त्रालयमा बिरोधका स्वर आउन थालेपछि बीचमा उनको ट्रमा सेन्टरमा काज फिर्ता भएको थियो । तर, सेटिङमा सिपालु उनीबिना गर्न संभव नभएपछि फेरि सचिव देवकोटाले उनलाई मन्त्रालयमा काजमा ल्याएको स्रोतको दाबी छ ।
यसरी गैरकानुनी रुपमा मन्त्रालयको महत्वपूर्ण शाखामा कलेक्सनको काम भइरहेकोबारेमा स्वास्थ्य मन्त्रालयले थाहा पाउन सकेको छैन । मन्त्री गुमराहमै राखिएकी छन् ।
स्वास्थ्य मन्त्रालयमा थापा मात्र होइन, करारका अर्का कर्मचारीको पनि उत्तिकै चकचकी रहेको छ । उनी हुन्–आर्थिक प्रशासन शाखामा करारमा कार्यरत रोशन श्रेष्ठ । उनले जो आर्थिक प्रमुख(उपसचिव) आए पनि सेटिङ मिलाउने गरेका छन् ।
यी भए मन्त्रालयमा करारका कर्मचारी राखेर भएका बेथिति । अर्का एक जना खरिदार तहका कर्मचारी संगीता भूसाल स्वास्थ्य मन्त्रालयमा बिहानै कोही कर्मचारी नआउँदै हाजिर हुन्छिन् । उनलाई कुनै जिम्मेवारी दिइएको छैन । कागजमा दिइए पनि परिभाषित (टेबुल कुर्सी) जिम्मेवारी छैन । तर उनी यति शक्तिशाली छिन् कि उपत्यका बाहिर जाँदै नगइकन टीएडीए भने विगतमा धेरै लिने गरेको आरोप छ ।
यिनलाई विवादास्पद छविका कारण मन्त्रालयबाट लखेटिएका घिमिरे थरका एक उपसचिवले मन्त्रालयमा सधैं सुविधा दिएर राखेका आरोप छ । अझै पनि यस्ता कर्मचारीलाई मन्त्रालयमै राखिएको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।
काठमाडौं । रेमिट्यान्सका भरमा देश चलेको छ । तर त्यही रेमिट्यान्स भित्र्याउने कामदार बिदेश पठाउन सहजीकरण गर्ने म्यानपावरहरु सरकारको दम्भले गर्दा आजदेखि बन्द भएका...
काठमाडौं । स्वास्थ्य सेवा बिभाग आफ्नै क्रियाकलापले अस्वस्थ भएको छ । कार्य ब्यवहार सन्तोषजनक नभएका कारण उपसचिव मोहन कोइरालालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा...
भूपू प्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फिर्ता भएका छन् । जेनजी प्रदर्शनपछि उपचारका निम्ति विदेश पुगेका उनी साउन २८ गते नेपाल आएका...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका सरकारका मन्त्रीहरुले पदीय जिम्मेवारीका बारेमा ख्याल नगर्दा विवादमा पर्ने गरेका छन् । गृहमन्त्री सुधन गुरुङ छापा हान्दै हिंड्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend