काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मन्त्री निशा मेहताले सुरुदेखि नै सचिव डा. विकास देवकोटाको सहयोग पाउन सकेकी छैनन् ।
स्वास्थ्य वीमा बोर्डमा तत्कालीन श्रम तथा रोजगार मन्त्री दीपककुमार साहकी श्रीमती जुनु श्रेष्ठलाई पुनर्नियुक्ति दिने निर्णय गर्दा पनि मन्त्री मेहतालाई झुक्याउने काम सचिव देवकोटाले गरेका थिए । जुनुलाई बोर्डमा हाजिर गराउने बिषयमा मन्त्रीलाई विवादमा पार्ने काम सचिव देवकोटाबाटै भएको थियो ।
मन्त्री साहलाई खुसी पार्न सचिव देवकोटाले उनकी श्रीमतीलाई बोर्डमा पुनः हाजिर गराउन निर्देशन दिएका थिए । सचिवले दिएको निर्देशन अनुसार नै तत्कालीन वीमा बोर्डका सीईओ रघुराज काफ्लेले जुनलाई हाजिर गराएका थिए । वीमा बोर्डमा जुनुको पुनर्नियुक्तिमा सचिव देवकोटाले झुक्याउँदा झन्डै मन्त्री मेहता पदमुक्त हुनुपरेको थियो । उनलाई सचेत गराएर निरन्तरता दिइएको थियो । मन्त्री दीपक साह बर्खास्त नै भएका थिए ।
समूह नमिल्ने र दरबन्दी बिनाका निर्देशकहरुको सरुवामा पनि मन्त्रीलाई झुक्याउने काम देवकोटाले गरेका थिए । अहिले पनि बिभिन्न फाइलहरु अड्काउने, लामो प्रक्रियामा धकेल्ने गरिरहेका छन् ।
मन्त्री मेहताले विनाजिम्मेवारी र काजमा कर्मचारी नराख्न निर्देशन दिंदादिंदै पनि सचिवले करारका कर्मचारीलाई काजमा ल्याएर राखी सेटिङमा परिचालन गरेको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार सचिव देवकोटाले नै स्वास्थ्य मन्त्रालयको सबैभन्दा महत्वपूर्ण योजना तथा बजेट शाखामा बिगत ५ बर्षदेखि कम्प्युटर अप्रेटरमा सुदीप थापालाई काजमा ल्याएर राखेका छन् । थापा ट्रमा सेन्टरमा करारका कम्प्युटर अप्रेटर हुन् । ट्रमा सेन्टरका करारका कम्प्युुटर अप्रेटरलाई काजमा मन्त्रालयमा ल्याएर ५ बर्षदेखि राखिएको छ ।
यी कम्प्युटर अप्रेटरले स्वास्थ्य मन्त्रालयको बजेट निकासामा सेटिङ मिलाउने गरेका छन् । स्वास्थ्यञ मन्त्रालयको उच्च स्रोतका अनुसार पालिका र संघीय अस्पताल निर्माण वा अन्य शीर्षकमा बजेट पठाउँदा थापामार्फत् सेटिङ मिलेपछि मात्रै काम हुनेगरेको छ । बजेट हाल्नुअघि निश्चित प्रतिशत तोकेर दररेट उठाउने, त्यसपछि काम सम्पन्न भएपछि समेत थापासँग सेटिङ मिलाएर अन्तिम भुक्तानी हुने गरेको छ ।
दररेट अनुसार उठाउने तरिका र कलेक्सनमा निपुर्ण थापाले नीति योजना तथा अनुगमन महाशाखा प्रमुख र सचिवलाई खुसी पारी हालीमुहाली गर्दैआएका छन् । करारका कम्प्युटर अप्रेटरको चकचकीका बारेमा मन्त्रालयमा बिरोधका स्वर आउन थालेपछि बीचमा उनको ट्रमा सेन्टरमा काज फिर्ता भएको थियो । तर, सेटिङमा सिपालु उनीबिना गर्न संभव नभएपछि फेरि सचिव देवकोटाले उनलाई मन्त्रालयमा काजमा ल्याएको स्रोतको दाबी छ ।
यसरी गैरकानुनी रुपमा मन्त्रालयको महत्वपूर्ण शाखामा कलेक्सनको काम भइरहेकोबारेमा स्वास्थ्य मन्त्रालयले थाहा पाउन सकेको छैन । मन्त्री गुमराहमै राखिएकी छन् ।
स्वास्थ्य मन्त्रालयमा थापा मात्र होइन, करारका अर्का कर्मचारीको पनि उत्तिकै चकचकी रहेको छ । उनी हुन्–आर्थिक प्रशासन शाखामा करारमा कार्यरत रोशन श्रेष्ठ । उनले जो आर्थिक प्रमुख(उपसचिव) आए पनि सेटिङ मिलाउने गरेका छन् ।
यी भए मन्त्रालयमा करारका कर्मचारी राखेर भएका बेथिति । अर्का एक जना खरिदार तहका कर्मचारी संगीता भूसाल स्वास्थ्य मन्त्रालयमा बिहानै कोही कर्मचारी नआउँदै हाजिर हुन्छिन् । उनलाई कुनै जिम्मेवारी दिइएको छैन । कागजमा दिइए पनि परिभाषित (टेबुल कुर्सी) जिम्मेवारी छैन । तर उनी यति शक्तिशाली छिन् कि उपत्यका बाहिर जाँदै नगइकन टीएडीए भने विगतमा धेरै लिने गरेको आरोप छ ।
यिनलाई विवादास्पद छविका कारण मन्त्रालयबाट लखेटिएका घिमिरे थरका एक उपसचिवले मन्त्रालयमा सधैं सुविधा दिएर राखेका आरोप छ । अझै पनि यस्ता कर्मचारीलाई मन्त्रालयमै राखिएको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend