Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता साउदमाथि भएको आक्रमणको विरोध गर्दै काठमाडौँमा प्रदर्शन


    बुधबार, फाल्गुन ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदमाथि बैतडीमा भएको आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ ।

    बुधबार काठमाडौँको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

    मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए ।

    मुलुकमा हत्या हिंसा हुदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोध साध्न व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार