काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा आज बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्नुभयो ।
संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उहाँले उल्लेख गर्नुभयो । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उहाँको भनाइ थियो । कांग्रेस विधिको शासन, संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति सधैँ लडिरहने उहाँले स्पष्ट पार्नुभयो । संविधानको रक्षा र आफ्नै पार्टीको विधानको रक्षा गर्नु कांग्रेसका सामु अहिलेको मुख्य चुनौती भएको नेता केसीको भनाइ थियो ।
काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज बानियाँको सभापतित्वमा भएको विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले काँग्रेसलाई जनमत लिनका लागि जनतामाझ जान कुनै डर नभएको स्पष्ट पार्नुभयो । काँग्रेस नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलगायतले समेत आफ्नो धारणा राख्नुभएको थियो ।
बैतडी – कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सिङ्गो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताउनुभएको छ । आज सदरमुकामस्थित गोठलापानीमा कांग्रेसले आयोजना गरेको विरोधसभामा उहाँले भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको बताउनुभयो । प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरुले अहिले आन्दोलन नगरेको बताउनुभयो ।
केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ उहाँले भन्नुभयो, “यसअघि गृह मन्त्रीलाई घटनाको विषयमा ध्यानाकर्षण गराइसकेका छौँ, उहाँले छिट्टै दोषी पत्ता लाग्ने बताउनुभएको छ ।” दार्चला – कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नयाँ नक्शाअनुसारको भूमि नेपालमा ल्याउन सरकारलाई आह्वान गर्नुभयो । दार्चुलामा आज आयोजित विरोधसभा नेतृ संग्रौलाले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा ल्याएर सस्तो लोकप्रियता कमाउनुभन्दा भूमी फिर्ता ल्याएर सीमाका नागरिकलाई गर्व महसुुस दिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नभयो, “देशका भू–भाग र सीमा रक्षाका बारे कांग्रेस स्पष्ट, छ र सरकार पनि स्पष्ट हुनुपर्छ ।” चितवन–नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताउनुभयो । संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भन्नुभयो, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ ।” नेता थापाले इतिहासमा भएका कमी कमजोरीलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताउनुभयो ।
सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताउनुभयो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गर्नुभयो । रासस
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend