काठमाडौं । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको एकता प्रक्रियामा सामेल नभएकी रामकुमारी झाँक्रीले आफूहरुमाथि गरेको कारबाहीको कुनै अर्थ नभएको बताएकी छन् । माधव नेपाललाई सम्बोधन गरी सामाजिक संजालमा झाँक्रीले नेपालले आफ्नै बेइज्जती हुने कारबाही नगरेको भए हुने उल्लेख गरेकी छन् । १९ बर्ष पार्टी प्रमुख र बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गरेको स्मरण पनि झाँक्रीले नेपाललाई गराएकी छिन् ।
उनी लेख्छिन्– प्रिय कमरेड माधव नेपाल, अभिवादन !
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख, बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नुभयो । यो अन्तिम घटनाले तपाईंको ईतिहासलाई फेरि बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए ।
जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशका लागि जीवन–जवानी अर्पण गरेको ब्यक्तिले । लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चियापसलमा पुग्दा बोल्ने दुई जना मान्छे । आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि ।
बाँकी जीवने सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यका हार्दिक शुभकामना । तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधंै सम्झनेछु ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend