Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले छान्यो राष्ट्रियसभा उम्मेदवार, लुम्बिनीबाट झाँक्री


    बुधबार, पुष २३ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उम्मेदवार टुंगो लगाएको हो ।

    एमाले सचिव महेश बस्नेतका अनुसार एमालेले कोसी प्रदेशमा रोशनी मेचे, वागमतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लिला भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

    मधेस प्रदेशमा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरूको मनोनयन हुँदैछ ।

    माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार