काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले कानुनबिपरीत मन्त्रिपरिषदलाई प्रयोग गरी गलत निर्णय गराउन सफल भएका छन् । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष अनिल पौडेललाई नियमबिपरीत खाता संचालन गर्ने अधिकार दिएका छन् ।
कोषको कार्यकारी निर्देशक विश्वमोहन अधिकारीको कार्यकाल गएको भदौ महिनामा सकिएपछि उक्त पद रिक्त छ । सचिवस्तरीय निर्णयका आधारमा भदौ १८ गते कोषका प्रशासन शाखा प्रमुख सुदिप सिलवाललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको छ ।
नयाँ निर्देशक नियुक्त नभएसम्म निमित्तको जिम्मेवारी पाएका सिलवाललाई मन्त्रालयले नियमबमोजिम आर्थिक अधिकार दिनुपर्ने हो । तर कोष विनियमावलीबिपरीत राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष पौडेललाई बैंक खाता संचालन दिएर सचिव लम्सालले अहिलेसम्मको प्रचलनलाई मात्र तोडेका छैनन्, कानुनसमेत उल्लंघन गरेका छन् ।
निमित्त कार्यकारी निर्देशक सिलवाल हुँदाहुँदै उपाध्यक्षलाई खाता संचालन गर्ने अधिकार मन्त्रिपरिषदमै लगेर निर्णय गराइएको छ । पूर्वप्रधानन्यायाधीश भइसकेकी प्रधानमन्त्री सुशीला कार्कीले बिभागीय मन्त्रीस्तरीय निर्णय गरेर प्रस्ताव लान स्वीकृति दिनु र आफैंले नेतृत्व गरेको मन्त्रिपरिषदबाट खाता संचालन गर्ने अधिकार दिनुले युवा मन्त्रालयका कर्मचारी समेत आश्चर्यमा परेका छन् ।
एकातिर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने, अर्कोतिर कार्यकारी निर्देशकको अधिकार क्षेत्रभित्र रहेको खाता संंचालन गर्ने नियम बिपरीत उपाध्यक्षलाई सुम्पिनुले सुशासनको खिल्ली उडाइएको छ । सामान्यतया सचिवले आर्थिक अधिकार निमित्त कार्यकारी निर्देशकलाई दिनुपर्ने नियममा प्रष्ट ब्यवस्था छ । तर कानुनका जानकार पीएचडी होल्डर सचिवले उक्त बिषयलाई आफूले निर्णय नगरी प्रधानमन्त्री र मन्त्रिपरिषदलाई समेत बिवादमा ल्याएका छन् ।
स्वरोजगारका लागि कोषले २ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्नुपर्ने दायित्व छ । तर अहिलेसम्म कोष तलव खानमात्र सीमित रहेको छ । पचहत्तरै जिल्लामा सहजकर्ताका नाममा मासिक खरिदारस्तरको तलब दिएर कर्मचारी भर्ति गरिएको छ । तर उपलब्धी भने सून्यबराबर नै रहेको छ । केन्द्रमा कामबिहीन बनेको कोषलाई खारेज गर्नका लागि वर्तमान अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उच्चस्तरीय प्रशासन सुधार आयोगको अध्यक्षका हैसियतमा यसअघिको सरकारलाई प्रतिवेदन दिएका थिए । तर आफैं सहभागी भएको र अर्थको बागडोर सम्हालेका खनालले मन्त्रिपरिषदमा बेतकुको एजेन्डा प्रस्तुत हुँदासमेत चुईक्क नबोल्नुले प्रश्न उठेको छ ।
राष्ट्रिय युवा परिषदमा कार्यकारी उपाध्यक्ष र कार्यकारी निर्देशक रहने प्रावधान छ । कार्यकारी निर्देशकको रुपमा निमित्त भई गेहनाथ गौतमले आर्थिक अधिकार र खाता संचालनको काम गर्दैआएका छन् । सोही प्रकृतिको कोषमा भने उपाध्यक्षलाई आर्थिक अधिकार दिएको बिषय निकै चर्र्किएको छ । बिधिको शासनको पक्षमा जेनजी आन्दोलन भएको भनिए पनि कार्की नेतृत्वकै सरकारका सचिवले विवादास्पद निर्णय गराएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend