काठमाडौं । पछिल्लो समय गरिएको सचिव सरुवामा चरम प्रशासनिक बेथिति देखिएको छ । सेवावधि २ महिना बाँकी भएकादेखि लिएर मुख्यसचिवका दाबेदारसम्मलाई छानीछानी सरुवा गरिएको छ ।
मुख्यसचिवका दाबेदारका रुपमा रहेका सचिव कृष्णहरि पुस्करलाई उपराष्ट्रपति कार्यालयमा खेदिएको छ । उपराष्ट्रपति सचिव पदका लागि घाम ताप्ने थलोका रुपमा चिनिन्छ । उपराष्ट्रपति कार्यालयमा पठाउन ठीक पारिएका सचिव डा. हरि लम्साल चाकडी गरी सरुवा हुनुअघि संशोधन गराउन सफल भएका छन् । उनी राष्ट्रपतिका रामचन्द्र पौडेलका नातेदार अनिल पौडेल जो युवा स्वरोजगार कोषका उपाध्यक्षसमेत हुन्, उनलाई प्रयोग गरी सरुवा संशोधन गराउन सफल भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल र डा. हरि लम्सालबीच भेटघाटका सूत्राधार बनेका पौडेललाई कानुनबिपरीत मन्त्रिपरिषदबाटै आर्थिक अधिकार प्रदान गरेबापत उनलाई राष्ट्रपति कार्यालयमै सरुवा मिलाइएको छ । अवकाशपछि संवैधानिक नियुक्ति राष्ट्रपतिकै कोटाबाट खाने योजनाका साथ राष्ट्रपति कार्यालयको सचिवमा पुर्याइएका लम्साल आगामी फागुनभित्र अवकाश हुँदैछन् ।
त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेल युवा तथा खेलकुद मन्त्रालय सम्हाल्न आइपुगेका छन् । पौडेलले सचिव बढुवा भएको करिब १९ महिनामा पहिलो पटक मन्त्रालय पाएका हुन् । उनी २०८१ जेठमा सचिव बढुवा भएका थिए । उनी कार्यक्षमताका हिसाबले कमजोर मानिन्छन् ।
त्यसैगरी, लोकसेवा आयोगमा गृहमन्त्रालयका सचिव रामेश्वर दंगालको सरुवा गरिएको छ । गृहमन्त्रालयमा ३ महिनामात्र टिकेका दंगाललाई लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको सहमतिबिपरीत सरुवा गरिएको बताइन्छ । गृहमन्त्रालयमा हुँदा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री कार्यालयसँग समन्वय नगरी केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि उनलाई ३ महिनामै लोकसेवा आयोगतिर हुत्याइएको छ ।
लोकसेवा आयोगका सचिव किरण शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको ४ महिने कार्यकालमा ३ सचिव फेरबदल भइसकेका छन् । गोकर्णमणि दवाडीसँग केही समय काम गरेका अर्याललाई दंगालले ३ महिनामै चिढ्याएका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र उनका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठको निगाहामा राजकुमार श्रेष्ठलाई पठाइएको छ । कैलालीमा थरुहट आन्दोलनका नाममा २०७२ भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र १ नाबालकको हत्या हुँदा राजकुमार श्रेष्ठ प्रमुख जिल्ला अधिकारी थिए । एसएसपी न्यौपानेसहित ७ जना प्रहरीलाई भाला रोपेर मारिएको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend