काठमाडौं । पछिल्लो समय गरिएको सचिव सरुवामा चरम प्रशासनिक बेथिति देखिएको छ । सेवावधि २ महिना बाँकी भएकादेखि लिएर मुख्यसचिवका दाबेदारसम्मलाई छानीछानी सरुवा गरिएको छ ।
मुख्यसचिवका दाबेदारका रुपमा रहेका सचिव कृष्णहरि पुस्करलाई उपराष्ट्रपति कार्यालयमा खेदिएको छ । उपराष्ट्रपति सचिव पदका लागि घाम ताप्ने थलोका रुपमा चिनिन्छ । उपराष्ट्रपति कार्यालयमा पठाउन ठीक पारिएका सचिव डा. हरि लम्साल चाकडी गरी सरुवा हुनुअघि संशोधन गराउन सफल भएका छन् । उनी राष्ट्रपतिका रामचन्द्र पौडेलका नातेदार अनिल पौडेल जो युवा स्वरोजगार कोषका उपाध्यक्षसमेत हुन्, उनलाई प्रयोग गरी सरुवा संशोधन गराउन सफल भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल र डा. हरि लम्सालबीच भेटघाटका सूत्राधार बनेका पौडेललाई कानुनबिपरीत मन्त्रिपरिषदबाटै आर्थिक अधिकार प्रदान गरेबापत उनलाई राष्ट्रपति कार्यालयमै सरुवा मिलाइएको छ । अवकाशपछि संवैधानिक नियुक्ति राष्ट्रपतिकै कोटाबाट खाने योजनाका साथ राष्ट्रपति कार्यालयको सचिवमा पुर्याइएका लम्साल आगामी फागुनभित्र अवकाश हुँदैछन् ।
त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेल युवा तथा खेलकुद मन्त्रालय सम्हाल्न आइपुगेका छन् । पौडेलले सचिव बढुवा भएको करिब १९ महिनामा पहिलो पटक मन्त्रालय पाएका हुन् । उनी २०८१ जेठमा सचिव बढुवा भएका थिए । उनी कार्यक्षमताका हिसाबले कमजोर मानिन्छन् ।
त्यसैगरी, लोकसेवा आयोगमा गृहमन्त्रालयका सचिव रामेश्वर दंगालको सरुवा गरिएको छ । गृहमन्त्रालयमा ३ महिनामात्र टिकेका दंगाललाई लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको सहमतिबिपरीत सरुवा गरिएको बताइन्छ । गृहमन्त्रालयमा हुँदा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री कार्यालयसँग समन्वय नगरी केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि उनलाई ३ महिनामै लोकसेवा आयोगतिर हुत्याइएको छ ।
लोकसेवा आयोगका सचिव किरण शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको ४ महिने कार्यकालमा ३ सचिव फेरबदल भइसकेका छन् । गोकर्णमणि दवाडीसँग केही समय काम गरेका अर्याललाई दंगालले ३ महिनामै चिढ्याएका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र उनका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठको निगाहामा राजकुमार श्रेष्ठलाई पठाइएको छ । कैलालीमा थरुहट आन्दोलनका नाममा २०७२ भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र १ नाबालकको हत्या हुँदा राजकुमार श्रेष्ठ प्रमुख जिल्ला अधिकारी थिए । एसएसपी न्यौपानेसहित ७ जना प्रहरीलाई भाला रोपेर मारिएको थियो ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend