काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रामकुमारी झाँक्रीको बानेश्वरस्थित घर वरिपरि प्रहरीले घेरा हालेको छ । घरभित्रै गएर नियन्त्रणमा नलिई निस्कनाथ लिन प्रहरी तयारी अवस्थामा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा नेतृ झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिन लागेको हो ।
झाँक्रीले गोरखामा राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानीको संज्ञा दिंदै भनेकी थिइन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् । शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गए पनि हुन्छ ।’
यो अभिब्यक्तिपछि झाँक्रीलाई कारबाही गर्न माग गर्दै ओली निकट अनेमसंघले माघ २१ मा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको वा ल्याउन लागिएको बताएका छन् ।
झाँक्रीलाई ल्याउन बिहीबार बिहानैदेखि उनको घरमा प्रहरी परिचालन गरिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend