काठमाडौं । बैदेशिक रोजगारको निम्ति कोरिया पठाइदिन्छु भनेर ३० लाख उठाएर फरार भएका अर्जुनबहादुर शाही केही दिनदेखि जेन्जीको सहसंयोजक भन्दै सरकारी कार्यालयका प्रमुखहरुलाई आतंकित पार्दैआएका छन् ।
जेनजीको प्रतिनिधि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न सरकारी निकायमा पुग्ने, थर्काउने र राजीनामा माग्ने गरिरहेका छन् । एक किसिमनले समानान्तर सत्ताको अभ्यास शाहीहरुले गर्न थालेका छन् ।
केही युट्युबर र मिडिया बोक्दै सरकारी कार्यालयहरुमा जाने र थर्काउने गरेका शाहीको विगतका ठगी र बदमासीबारे संचारकर्मी श्रीकृष्ण फुयाँलले भिडियो नै सार्वजनिक गरेका छन् । फुयाँलको झन्डै १० लाख खाएर भागिरहेका शाही थुप्रै ठगीमा मुछिएको उनले लिएका चेक बाउन्सले पुष्टि भएको छ । फुयाँलले भिडियोमा पनि शाहीका कर्तुतहरुका बारेमा भनेका छन् । शाहीले रेडस्टार प्रोडक्सन एण्ड मिडिया हाउसको चेक फुयाँललाई दिएका थिए । रकम नभएको चेक दिएपछि फुयाँलले प्रहरीमा बैकिङ कसुरमा जाहेरी दिएका थिए ।
अख्तियारका पदाधिकारीदेखि सरकारी कार्यालयका प्रमुखको विरुद्धमा चर्काे स्वरमा राजीनामा माग्ने तिनै शाहीबिरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा २०८२ बैशाख ३० गते ठगीमा प्रकाउ गरी कारवाही गरिपाउँ भन्दै श्रेकृष्ण फुयालले उजुरी गरेका थिए । उनले खरिद गरेको गाडीदेखि बैदेशिक रोजगारीका निम्ति कोरिया लगायतका देशमा पठाइदिन्छु भन्दै ठगी गर्दै हिंडेका उनलाई कारबाहीको निम्ति विभिन्न निकायमा पीडितहरुले उजुरी हाल्दै खोजिरहेका थिए । तर तिनै शाही केही दिनदेखि विभिन्न सरकारी निकायमा पुग्ने र प्रमुख लगायतका कर्मचारीलाई धम्की दिने, राजीनामा माग्ने गरेका छन् ।
आफैं ठगीमा संलग्न शाहीले जेनजी बनेर सरकारी कार्यालयमा मच्चाएको आतंक गृहमन्त्रालयले रोक्न नसक्नु अर्को बिडम्बना भएको छ । उनले ऋषि धमलाको रिपोर्टर्स क्लवमा अष्ट्रेलियाको भिसा २ पटक लगाएर विमानस्थलबाट रुँदै फर्किएको अर्को सफेद झुटो कुरासमेत गरेको खुलासा भएको छ ।
शाहीले पछिल्ला दिनमा झण्डै ८ वटा फोन प्रयोग गरी सरकारी कर्मचारीलाई धम्काउने गरेको आरोप छ ।
सरकारी कार्यालयका प्रमुखहरु भयभीत र आतंकित बनाउने शाहीको अपराधपूर्ण बिगतबारे एकपछि अर्को तथ्य खुल्न थालेको छ ।
श्रीकृष्ण फुयाालकै मुखबाट सुनौं अर्जुनबहादुर शाहीका ठगी शृंखला
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend