Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेनजीका नाममा अख्तियारदेखि क्यानका डीजीलाई धम्की दिने अर्जुन शाही पक्राउ


    बुधबार, असोज २९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजीको अगुवाको आवरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उच्चपदस्थ अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र नेपाल वायुसेवा निगमका अध्यक्षलाई धम्की दिने  अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधबार पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

    शाहीका बिरुद्ध १० वटा भन्दा बढी बैंकिङ कसुरदेखि बैदेशिक रोजगार ठगीका प्रहरीमा जाहेरी परेका छन् । केहीमा फरार र केहीमा जिम्मा जमानी भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार