काठमाडौं, १४ बैशाख । कोरोना संक्रमित आज एक जना थपिएका छन् । झापा निवासी ५० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजा अनुसार ती पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमितको सख्या ५२ पुगेको छ । स्रंक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।