Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान बिपरीत दल दर्ता प्रक्रिया खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी


    आइतबार, बैशाख १४ २०७७
    1.6K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १४ बैशाख  ।राष्ट्रिय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भइ बनेको नयाँ पार्टी संविधान बिपरित रहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्त विपिन ढकालले संयुक्त रुपमा उक्त निबेदन पेश गरेको हो ।

    निवेदनमा उल्लेख भए अनुसार दलको सहमति पत्रमा  नयाँ  दल दर्ताको उदेश्य नेपालमा बहु राष्ट्रिय   राज्य  कायम गर्नु रहेको छ । तर  नेपालको संविधान २०७२को धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, विशेषतायुक्त , भौगोलिक विविधता रहेको समान र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय  हित तथा  समृद्धिप्रति आस्वावान रहि एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हाे भन्ने उल्लेख गरिएको छ ।

    तर सो मर्म र भावना बिपरित छुट्टै देश झल्कने गरि नया दल दर्ता गर्न प्रस्ताव गरिएको नेपालको संविधानको धारा २६९(५) बिपरित रहेको  भन्दै निवेदन पेश गरेको हो ।

    साथै नयाँ पार्टीको झण्डा  अफ्रिकी मुलुक बुर्किना फासोसङ्ग मेल खाने भएकोले पनि संविधान बिपरित रहेको उल्लेख गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार