Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन : प्रचण्ड


    मंगलबार, माघ २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट विघटन भएको संसद पुनःस्थापना हुने बताएका छन् ।

    नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिहरूसँग कुराकानी क्रममा उनले भने, ‘हामी विश्वस्त छौं, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ।

    वैशाख १७ र २७ गते निर्वाचन कुनै हालतमा पनि हुँदैन।’ ओली सरकारले घोषणा गरेको निर्वाचन भएमा अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम थपिने उनले बताए।

    उनले माधव नेपालसँग ४ दशक देखिको सहकार्य रहेको भन्दै अहिलको लडाईँ कुर्सी र पदको लागि नभएको दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार