Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीरगंजमा थप दुई ब्यक्तिमा कोरोना संक्रमण


    आइतबार, बैशाख १४ २०७७
    635
    Shares
  • १ मिनेट पाठ
  • वीरगञ्ज, १४ बैशाख । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वीरगञ्न्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको छ ।

    पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि हो । तीमध्ये वीरगञ्न्ज–३ छपकैयाका ४९ वर्र्षीय पुरुषलाई प्रहरीले नारायणी अस्पताल वीरगन्जमा ल्याएको छ । उनी वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका हुन् । अर्का वीरगन्ज–२ का ४२ वर्षीय पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     बीरगंजका २ समेत नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार