काठमाडौं । असम्बैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हरेक सभामा उनले भ्रमपूर्ण कुरालाई आधार बनाएर भाषण गर्दैआएका छन् ।
सामाजिक संजालमा आफ्ना साइबर सेनाले अर्को समूहका बिरुद्ध सेयर गरेका बर्षौअघिका तस्वीर र तथ्यलाई आधार बनाएर ओलीले भाषणमा त्यो कुरा उल्लेख गर्दैआएका छन् । प्रधानमन्त्रीलाई सबै जानकारी नहुन सक्छ । भ्रमपूर्ण तथ्यका बारेमा सल्लाहकारले जानकारी दिनुपर्ने हो ।
शुक्रबारको नारायणहिटी सभामा पनि उनले आफ्नो सरकारले चालेका कदमको बचाउ गर्न त्यस्तै भ्रमपूर्ण कुराहरुको सहारा लिए । नेकपा वाग्मती प्रदेशद्वारा आयोजित आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२ गतेको नेकपा प्रचण्ड–माधव समूहले बन्द गरी तरकारी सडकमा फालेको प्रसंग उल्लेख गरेका छन् । उनले भने, हिजो तथाकथित नेपाल बन्द गरियो ।
नेपाल बन्द गर्दा के गरियो ? गरिबका लागि काम गर्ने भन्ने तर श्रमजीवीका लागि काम गर्ने हैन, बुढीआमाले टमाटर, साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरि छरेर क्रान्ति गर्न खोजियो । तर तथ्य जाँच गर्ने फ्याक्ट चेक नेपालले ती तस्बिर भारतको महाराष्ट्रको किसान आन्दोलनको र नेपालमै तीन वर्षअघिको घटनाको भएको फेला पारेको भए पनि उनले भ्रमपूर्ण प्रचारका आधारम भाषण गरे ।
यसअघि भीम रावलले भन्दै नभनेको महिलाको किड्नी प्रत्यारोपण गरेको भन्ने कुरामा पनि उनले पटक पटक उल्लेख गर्दै आएका छन् । जबकि रावलले जुन कार्यक्रममा उक्त कुरा भने भनेर समाचार बनाइयो, उक्त अनलाइनले नै क्षमायाचनासहित खण्डन गरिसकेको छ । र, रावलले बोलेको भिडियो हेर्दा पनि उनले त्यो कुरा भनेको देखिंदैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend