Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साधना लघुवित्त वित्तीय संस्था र सानिमा जनरल इन्सुरेन्सको आइपीओ आउँदै


    शनिबार, बैशाख १३ २०७७
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, । सानिमा जनरल इन्सुरेन्सले ३० करोड रुपैयाँ आइपीओ जारी गर्न रेटिङ गराएको छ । केयर रेटिङ नेपालले यो आइपिीओलाई मध्यम अवस्था जनाउने केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । सानिमाले १०० रुपैयाँ दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

    कम्पनीले आइपीओका लागि रेटिङ गराए पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ३०५ आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । 

    त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनका लागि एक महिना अगाडि नै रेटिङ गराएको छ । साधनाले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन रेटिङ गराएको हो । कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

    यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति मागिसकेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार