काठमाडौं। नेकपा ओली समूहको नारायणहिटी दरबारअगाडि बिशाल जनप्रर्दशनको कार्यक्रम जारी रहेको छ । आजको जनप्रदर्शन नेकपा प्रचण्ड नेपाल समूहलाई काउन्टर दिँदै शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो । आजको जनप्रदर्शनमा काठमाडौंका बिभिन्न ठाँउबाट नारा लगाउदै नेकपाका नेता तथा कार्यकता नारायणहिटी राजदवार अगाडिको कार्यक्रम स्थलमा पुगेका थिए ।
कार्यक्रम आयोजक बागमती प्रदेश कमिटीले कार्यक्रमलाई ब्यबस्थित बनाउन तीन हजार भन्दाबढि स्वयंसेवक परिचालन गरेको छ ।