Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुहिएको दालकाण्डका सबै रातारात छुटे


    शनिबार, बैशाख १३ २०७७
    860
    Shares
  • २ मिनेट पाठ
  • बारा, १३ बैशाख । कलैया उपमहानगरपालिकाका २७ वटा वडामा कुहिएको दाल राहत वितरण गर्ने व्यक्तिहरु छुटेका छन् । कुहिएको दाल राहत बितरण गर्ने कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित कोल्डस्टोर संचालक बुधबार रातिसम्म बयान सकी छुटेका थिए । उनीहरुलाई कारबाहीको साटो उन्मुक्ति दिइएको छ । 

    दालकाण्डका एक आरोपी धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मा भनिने तेजकरण जैन भारतीय नागरिक रहेको खुलेको छ । उनी शु    क्रबार छुटेका छन् । भारतीय नागरिक जैनलाई कारबाही गर्नुको साटो जिल्ला प्रशासन कार्यालय, बाराले रातारात धरौटीमा रिहा गरेको छ । 

    दालकाण्डमा मुछिएका १२ जना आरोपीहरुलाई बुधवार राती साढे नौ बजे धरौटी लिएर छोडिएको हो । कुहिएको दाल प्रकरणमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव तथा दाल मिलका सञ्चालन जैनसहित १२ जनालाई बारा प्रहरीले पक्राउ गरेको थियो । 

    तर, अन्यको हकमा धरौटीमा रिहा हुने कानून छ । सो कानुनलाई टेकेर भारतीय नागरिक जैनको हकमा समेत धरौटी लिएर छाडिएको घटनामा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नाम जोडिएको चर्चाले अहिले बारामा व्यापकता पाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार