Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रचण्ड-नेपाल समूहले भोलि आम हड्ताल गर्ने


    बुधबार, माघ २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ ।

    सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहिबार आम हड्ताल घोषणा गरेको हाे ।

    नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् ।

    पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबारे आधिकारीक जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार