Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले


    बुधबार, माघ २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन् । 

    राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

    प्रमुख आयुक्त राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार