काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले गरेका व्यापक आर्थिक र प्रशासनिक अनियमितता संचारमाध्यममा छताछुल्ल भएपछि उनले अस्पतालका कर्मचारीहरुलाई गुण्डामार्फत् भौतिक आक्रमण गर्ने धम्की दिएका छन् ।
ट्रमा सेन्टरका प्रमुख डा. रिजालकै योजनामा बिभिन्न नम्बरबाट ‘कहाँ बस्छस्, सब थाहा छ, बाँच्न म छ कि छैन’भन्दै धम्की दिने गरेको एक पीडित कर्मचारीले बताए । भ्रष्टाचारको बिरोध गर्ने अस्पतालका कर्मचारीहरुलाई गुण्डा लगाएर धम्की दिएको बिषयमा पार्टी, संसदीय दल र गृहमन्त्रालयसम्म पीडितहरुले गुहारेका छन् ।
हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मातहत रहेको यस सेन्टरलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले कर्मचारी भर्नादेखि उपकरण खरिदसम्ममा ‘कमिसन’ खाने गरेको समाचार सार्वजनिक भएपछि ट्रमा सेन्टरका प्रमुख डा. रिजालले गुण्डा लगाएकाले कर्मचारीहरुले न्याय माग्दै गृहमन्त्रालय गुहारेका हुन् ।
वीर अस्पताल इमर्जेन्सीको शाखा भएर सुरु भएको इमर्जेन्सी एण्ड ट्रमा सेन्टर अहिले कर्मचारी नियुक्ति र खरिद–बिक्रीको अखडा बनेको छ । स्रोतको अनुसार गत हप्तामात्र डा. रिजालले एक दर्जनभन्दा बढी कर्मचारीलाई दरबन्दीबाहिर नियुक्त गर्दै प्रतिव्यक्ति ३५ लाख रुपैयाँसम्म असुल गरेका छन् ।
नियुक्त भएकामध्ये हेल्थ असिस्टेन्ट करिना गिरी, पूजा चौधरी, उपेन्द्र धामीलगायत पाँच जना, मेडिकल अफिसर डा. नेहा ठाकुर, डा. अफ्रिदी सिद्धिकी, डा. सुरजकुमार झा, डा. प्रभात शाह, डा. पूजा यादव, डा. रौनियारलगायत ९ जना, स्टाफ नर्स शर्मिलासहित १० जना तथा ल्याबमा ४ जना कर्मचारी रहेका छन् ।
स्वास्थ्य मन्त्रालयबाट सिफारिस भएका व्यक्तिहरूसँग समेत ‘माथिबाट आएको मात्रै होइन, यहाँ पनि मिलाउनुपर्छ’ भन्दै बिचौलामार्फत् रकम असुल्ने गरेको स्रोतको भनाइ छ । यसरी डा। रिजालले ट्रमा सेन्टरलाई आफ्नै निजी अस्पतालजस्तो बनाएर सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ ।

मन्त्रालयमा समेत डा. रिजालका अनियमितताबारे सूचना पुगे पनि अहिलेसम्म कुनै कारबाही भएको छैन । नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्षसमेत रहेका उनी एसोसिएसनको अध्यक्ष पदका दाबेदार हुन् । तर, उनको कार्यशैलीका कारण वर्तमान तथा पूर्व पदाधिकारी नै उनलाई अध्यक्ष नबनाउने पक्षमा रहेको बताइएको छ ।
सरकारी अस्पताल (ट्रमा) को प्रमुख, प्राइभेट अस्पतालका संचालक
डा. रिजाल नेपाल सरकारको ११ औँ तहका स्थायी कर्मचारी र कार्यालय प्रमुख भएका व्यक्ति हुन् । तर उनी काठमाडौं गोंगबुमा रहेको आफ्नै ‘अल नेपाल हस्पिटल’ समेत सञ्चालन गर्छन् । कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको विवरणअनुसार उनले लाखौँ कित्ता शेयर राखेका छन् र करोडौँ लगानी गरेका छन् ।
२०७८ सालमा अस्पतालको अध्यक्ष बनेका रिजालसँग सुरुवाती चरणमा १,१२,२१४ देखि २,१५,६८० सम्मको दायरा भित्र पर्ने गरी १,०३,४६६ कित्ता शेयर रहेको देखिन्छ । २०८० साल असार १६ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाइएको शेयर दर्ता किताबअनुसार, ९०,००१ देखि २,४३,४६६ सम्म पुग्ने गरी उनको शेयर संख्या १,५३,४६३ कित्ता रहेको छ, जसको मूल्य एक करोड ५३ लाख ४६ हजार ६ सय रुपैयाँ बराबर पर्छ ।
त्यसैगरी २०८१ साल जेठ ८ गते पेश गरिएको विवरणमा रिजाललाई सञ्चालकको रूपमा देखाइएको छ, जसको ठेगाना काठमाडौं महानगरपालिका–टोखा–७ उल्लेख गरिएको छ ।
यसै विषयमा प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सचिव र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता भइसकेको छ । उजुरीका आधारमा प्रधानमन्त्री कार्यालयले गत साउन २८ गते कारबाही प्रक्रिया सुरु गरेको स्रोतले जनाएको छ ।
नेपालको कानुनअनुसार कुनै पनि निजामती वा स्वास्थ्य सेवा कर्मचारीले आफ्नै नाममा व्यापार सञ्चालन गर्न पाउँदैनन् । निजामती ऐन, स्वास्थ्य सेवा ऐन र भ्रष्टाचार निवारण ऐनमा यस्ता गतिविधिलाई गैरकानुनी ठहर गरिएका प्रावधानहरू छन् । त्यसैले डा. रिजालको निजी अस्पताल सञ्चालकत्व र लगानी कानुनविपरीत रहेको प्रष्ट हुन्छ ।
ट्रमा सेन्टरमा उनी प्रमुख नियुक्त भइसकेको समयदेखि नै बिरामी ठगी र औजार–उपकरणमा अस्वाभाविक मूल्य असुल्ने गुनासो आएका थिए । यसअघि पनि २०७६ सालमा स्वास्थ्य मन्त्रालयले छानबिन समिति बनाएर स्पष्टीकरण सोधिसकेको थियो । तर, समितिको प्रतिवेदन कार्यान्वयन नभएपछि समस्या अझ गहिरिँदै गएको छ ।
डा. रिजालले बिरामीलाई बेड नपाएको बहानामा आफ्नै निजी अस्पताल पठाउने, महिनौँसम्म अपरेशन ढिलो गर्ने, आवश्यक उपकरण बाहिरी व्यापारीमार्फत महँगोमा खरिद गर्न लगाउने लगायत गरेको स्रोतको दाबी छ ।
डा. रिजाल पहिलो पटक भ्रष्टाचारमा निलम्बित मन्त्री मोहन बस्नेतको पालामा (२०८० जेठ १७) र दोस्रो पटक प्रदीप पौडेलको पालामा (२०८१ मंसिर) ट्रमा सेन्टरमा प्रमुख नियुक्त भएका हुन् ।
प्रमुख रिजालले हालैमात्र १ दर्जन भन्दा बढी कर्मचारी विनादरवन्दी भर्ना गरेका छन् । उनले प्रतिब्यक्ति दररेट तोकेमर लिई भर्ना गरेको आरोप छ । अस्पतालकै एक बिचौलियामार्फत् रकम असुल्ने गरेको आरोप डा. रिजालमाथि लाग्ने गरेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend