Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा


    मंगलबार, माघ २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।

    नेपाल प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएका हुन् । 

    सोमबार बसेको प्रचण्ड–नेपाल समूहको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार